कञ्चनजंघा उद्धार केन्द्रलाई समाजसेवी विक्रम राईद्वारा आर्थिक सहयोग

WhatsApp-Image-2024-10-20-at-18.35.55

सिलगढी: सिटोङका समाजसेवी विक्रम राईले गत शुक्रबार कञ्चनजंघा उद्धार केन्द्रको सेल्टर होम भ्रमण गरी जीर्णावस्थामा रहेको शौचालय नव निर्माण गर्न ५० हजार रुपियाँ  आर्थिक सहयोग प्रदान गरेका छन्। कञ्चनजंघा उद्धार केन्द्रले लामो समयदेखि मानव तस्करीविरुद्ध अभियान चलाउँदै आइरहेको छ। उद्धार गरिएका नारीहरूमा धेरैजना घरबिहीन बनेका छन् भने उनीहरूलाई केन्द्र आफैले सेल्टर होममा राख्ने काम गरिरहेका छन्। सेल्टर होममा रहेका नारीहरूले खानाका मसलाहरू तयार पारेर बिक्री गरी आफ्नो व्यवस्था गर्ने गरेका छन्। ती नारीहरूलाई प्रोत्साहन गर्नका लागि पनि समाजसेवी विक्रम राईले उनीहरूले तयार पारेका मसलाहरू किनिदिएर आगामी दिनमा पनि त्यस सेल्टरको परिभ्रमण गर्ने कुरा जनाए। कञ्चनजंघा उद्धार केन्द्रसित व्यवस्थित आर्थिक स्रोत नरहेको कारणले सेल्टर संचालन गर्न धेरै गाह्रो परिरहेको  केन्द्रकी सचिव रगुं सौरियाले बताएकी छिन्। यही क्रममा समाजसेवी विक्रम राईले आफूहरूलाई गरेको सहयोगको निम्ति आभार व्यक्त गरेकी छिन्।

About Author

Advertisement