कङ्ग्रेसद्वारा बाघडुग्रामा शहिद दिवस पालन

Capture4-7.png

बाघडुग्रा: बाघडुग्राको बिहार मोडमा नक्सलबारी ब्लक कङ्ग्रेसको पहलमा आज २१ जुलाई सहिद दिवस पालन गरियो। मतिगढा नक्सलबारीका पूर्व विधायक तथा दार्जिलिङ जिल्ला कङ्ग्रेसका अध्यक्ष शङ्कर मालाकार, नक्सलबारी ब्लक कङ्ग्रेसका अध्यक्ष अमिताभ सरकार लगायत अन्यले सहिद वेदीमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे । यस अवसरमा शङ्कर मालाकारले भने, २१ जुलाई १९९३ सालमा १३ जना कङ्ग्रेस कर्मी सहिद भएका थिए। यसैले प्रत्येक वर्ष ती सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्य लिएर राज्यभरिमै सहिद दिवस पालन गर्ने गरिन्छ।

About Author

Advertisement