खोरीबारी: केन्द्र सरकार र राज्य सरकारविरुद्ध एकाधिक भ्रष्ट्राचारको आरोप लगाउँदै कङ्ग्रेस पार्टीका कार्यकर्ताहरुले आज खोरीबारीमा धरना प्रदर्शन गर्यो। कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले आज खोरीबारीमा नित्य प्रयोग हुने सरसमानहरूको मूल्य वृद्धि, शिक्षक नियुक्तिमा भ्रष्टाचार, तृणमूल कङ्ग्रेसको कट मनी, गाई-गोरु तस्करी, कोइला चोरी, नदीबाट बलुवा ढुङ्गाको चोरी आदि विषयलाई लिएर केन्द्र तथा राज्य सरकार विरुद्ध क्षोभ प्रकट गरे। यस अवसरमा कङ्ग्रेसका जिल्ला सभापति शङ्कर मालाकार, अमिताभ सरकार, सन्तोष सिंह, अभिराज सुब्बा, रोहित तिवारी लगायत अन्यान्यहरुको उपस्थिति रहेको थिए। यस सम्बन्धमा शङ्कर मालाकारले भने, गत ९ अगस्तदेखि देशभरिमैमा कङ्ग्रेसद्वारा विक्षोभ कार्यसूची पालन गरिरहेको छ राज्यको तृणमूल कङ्ग्रेस सरकार र केन्द्रको भाजपा सरकारले गर्दा चारैतिर एकाधिक घोटाला भइरहेको छ। उक्त आन्दोलन आगामी दिनमा अझ वृहत् रूपमा गरिने तिनले बताए।









