ओलम्पिक च्याम्पियन नीरज चोपड़ा बर्मिंघम कमनवेल्थ गेम्सबाट बाहिर

२६ जुलाईः बर्मिंघम कमनवेल्थ गेम्स अघि भारतीय टीमलाई ठूलो धक्का लाग्यो। स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा मांसपेशीको चोटले गर्दा कमनवेल्थ गेम्सबाट बाहिर भएका छन्। भारतीय ओलम्पिक संघ (आईओए)-ले मंगलवार यस कुराको जानकारी दियो। नीरजले आइतवार यूजीनमा भएको विश्व एथलेटिक्स च्याम्पियनशीपमा ऐतिहासिक रजत पदक जितेका थिए तर त्यस प्रतियोगिताको अवधि उनको खुट्टाको मांसपेशीमा चोट लागेको थियो। आईओए महासचिव राजीव मेहताले बताएअनुसार, वर्तमान ओलम्पिक च्याम्पियनलाई एक महिना आराम गर्ने सल्लाह दिइएको छ। उल्लेखनीय छ, नीरजले विश्व च्याम्पियनशीपमा ८८.१३ मीटर थ्रो गरी रजत पदक जितेका थिए।

About Author

Advertisement