ओलम्पिक क्वालीफायरको निम्ति २२ सदस्यीय भारतीय महिला फूटबल टीमको घोषणा

IMG-20230330-WA0153.jpg

३० मार्चः भारतीय महिला फूटबल टीमका मुख्य प्रशिक्षक थोमस डेनर्बीले किर्गिस्तानको बिश्केकमा चार अप्रेलदेखि शुरु हुने ओलम्पिक क्वालीफायरको पहिलो राउण्डको निम्ति २२ सदस्यीय टीमको घोषणा गरे। तुर्कमेनिस्तानले टुर्नामेण्टबाट हट्ने फसेला गरेपछि ग्रुप जी-मा भारतको साथमा आयोजक किर्गिस्तान एकमात्र अन्य टीम रहेको छ। दुई टीमबीच चार र सात अप्रेलमा दुईवटा म्याच खेलिनेछ। भारतीय टीम उज्बेकिस्तानबाट किर्गिस्तान पुग्नेछ, जहाँ उनीहरूले ओलम्पिक क्वालीफायरको तयारीको निम्ति उज्बेकिस्तानको राष्ट्रिय टीम विरुद्ध एउटा मैत्री म्याच खेलेको थियो। भारतीय टीमले जोर्डनमा पनि दुईवटा मैत्री म्याच खेल्यो।
भारतीय टीमः
गोलकीपरः सौम्या नारायणसामी, श्रेया हुड्डा र इलांगबम पेंथोई
डिफेण्डरः आशालता देवी, स्वीटी देवी, रितु रानी, रञ्जना चानू, मिशेल केस्टेंहा, डालिमा छिब्बर, मनीषा पन्ना र जूली किशन
मीडफिल्डरः सिल्की देवी हेमाम, अञ्जु तामाङ, इंदुमती कथीरेसन, संगीता बासफोर र कार्तिका अंगमुथु
फरवर्डः ग्रेस डेंगमेई, सौम्या गुगुलोथ, रेणु, करिश्मा शिरवोइकर, संध्या रंगनाथन र अर्पणा नारजरी।

About Author

Advertisement