ओडिशा ट्रेन दुर्घटनाः सेनाले सम्हाल्यो राहत एवं बचाउ कार्य

00-1-Coromandal-Express-accident-accd_567-1

कोलकाता: ओडिशाको बालासोर छेउ भएको रेल दुर्घटनामा मानिसहरूलाई बचाउन भारतीय सेनाले कमान सम्हालेको छ। सेनाको पूर्वी कमानका प्रवक्ता हिमांशु तिवारीले शनिबार बिहान हिन्दुस्थान समाचारलाई भने, ‘सेनाको तीनदेखि चार कम्पनी दुर्घटना स्थल पुगिसकेको छ।’

उनले भने, ‘सेनाको इन्जीनियरिङ टीम ब्यारेकपुर बेसबाट राति लगभग १:४० बजे प्रस्थान भयो र बिहान लगभग ३ बजे खडगपुर बेसबाट मेडिकल टीम प्रस्थान भयो। बिहान लगभग ५ बजे अझ दुई टीम घटनास्थलको निम्ति प्रस्थान भयो। टीमहरू पुगिसकेका छन्। सेना राहत एवं बचाउ कार्यमा जुटेका छन्। भारतीय वायु सेनाले पनि राहत एवं बचाउ कार्यमा मद्दत गरिरहेको छ। -हिस

About Author

Advertisement