भुवनेश्वर: ओडिशाका मुख्यमन्त्री नवीन पटनायकको नयाँ मन्त्री परिषदका २१ सदस्यले आइतबार पद एवं गोपनीयताको शपथ लिए। यसमा १३ क्याबिनेट र ८ राज्यमन्त्री (स्वतन्त्र प्रभार) छन्। २१ सदस्यीय मन्त्रीपरिषदमा ५ महिला पनि सामेल छन्। लोकसेवा भवनको कन्वेन्शन हलमा राज्यपाल प्रो. गणेशीलालले यी नयाँ मन्त्रीहरूलाई शपथ दिलाए। शपथ लिने पाँच महिला मन्त्रीहरूमा तीनलाई क्याबिनेट मन्त्री र दुईलाई राज्यमन्त्री (स्वतन्त्र) बनाइएको छ। क्याबिनेट मन्त्रीको रूपमा शपथ ग्रहण गर्नेहरूमा जगन्नाथ सारका, निरन्जन पुजारी, रणेन्द्र प्रताप स्वाई, प्रमिला मलिक, उषा देवी, टुकुनी साहू, प्रफुल्ल मलिक, प्रताप केशरी देव, अतनु सव्यसाची नायक, प्रदीप अमात, नव किशोर दास, अशोक चन्द्र पण्डा र राजेन्द्र ढोलकिया सामेल छन्। राज्यमन्त्री (स्वतन्त्र प्रभार) को रूपमा समीर रन्जन दाश, अश्विनी पात्र, प्रीति रन्जन घडेई, श्रीकान्त साहु, तुषार कान्ति बेहेरा, रोहित पुजारी, रीता साहू र बासन्ती हेम्ब्रमले पद एवं गोपनीयताको शपथ लिए। उल्लेख्य, शनिवार विधानसभा अध्यक्षसहित नवीन पटनायक सरकारका सबै २० मन्त्रीहरूले त्यागपत्र दिएका थिए।









