ऐतिहासिक उपलब्धिः देबाञ्जन शेयर गर्ल्स एकाडमीले कन्याश्री कप बी प्रतियोगितामा चुनौती पेश गर्ने

IMG-20241127-WA0130

कालेबुङ: कालेबुङको देबाञ्जन शेयर गर्ल्स एकाडमीले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। महिला फूटबल खेल अनि खेलाड़ीहरूका जगेरा गर्दै अल्प समयमै सुनाम अर्जन गर्ने देबाञ्जन शेयर गर्ल्स एकाडमी काेलकत्तामा हुने राज्यको सबैभन्दा प्रतिष्ठित महिला फूटबल प्रतियोगितामा हिस्सा लिने उत्तर बंगालको पहिलो टीम बनेको छ। दक्ष प्रशिक्षकहरूका मार्गदर्शनमा देबाञ्जन शेयर गर्ल्स एकाडमीले युवा महिला खेलाड़ीहरूलाई लगातार प्रशिक्षण प्रदान गर्दै आइरहेको छ। यसपाली एकाडमीको ऐतिहासिक उपलब्धिले सम्पूर्ण उत्तर बंगाललाई गौरवान्वित गरेको छ।

About Author

Advertisement