एस लिग २०२३-२४: युनाइटेड पाचेखानी स्पोर्टिङ र पेगोङ स्पोर्टिङ क्लब विजयी

FB_IMG_1715969490394.jpg

गान्तोक: पाल्जोर स्टेडियममा जारी सी डिभिजन एस लिग २०२३-२४ अन्तर्गत आज खेलिएको एक म्याचमा युनाइटेड पाचेखानी स्पोर्टिङले टुर्नामेन्टको पहिलो जित दर्ता गर्दै छुजाचेन स्पोर्ट्स एकाडेमीलाई २-१४ ले पराजित गऱ्यो।

छुजाचेनको तर्फबाट खेलाडी बिशाल सुब्बाले खेल शुरू भएको केवल चार मिनटमा गोल गरेर आफ्नो टीमलाई १-० को बढत दिलाएका थिए। तर युनाइटेड पाचेखानीका खेलाडी अनुराग छेत्री एक्लैले ८ गोल गरेर छुजाचेनको जितको सपनालाई ध्वस्त बनाइदिए। युनाइटेड पाचेखानीको तर्फबाट बिमन भूजेन र समृद्ध गुरूङले २-२ तथा श्रवण गुरूङ र शुभम प्रधानले १-१ गोल गरे। छुजाचेनको तर्फबाट दोस्रो गोल सुजल छेत्रीले गरे।

दोस्रो म्याचमा पेगोङ स्पोर्टिङ क्लबले सिक्किम ड्रेगन्स एफसीलाई २-० ले पराजित गऱ्यो। थेन्डुप भोटिया र लेन्डुप लेप्चाले १-१ गोल गरे। विजेता दलका खेलाडी पाल्जोर लेप्चालाई प्लेयर अफ द गेम चयनित गरियो।

भोलि हेलस्टोन एफसी र डेन्जोङ बोइज एफसीबिच पहिलो खेल र दोस्रो खेल माझीटार एससी र जेभीसी सिङतामबिच सम्पन्न हुनेछ।

About Author

Advertisement