एससपी शर्माले घोषणा पत्र च्यातेको विषयमा दार्जिलिङका विधायक निरज जिम्बाको प्रतिक्रिया

IMG-20230706-WA0474.jpg

खरसाङ: एसपी शर्माले घोषणा पत्र च्यातेको विषयमा खरसाङको अम्बटे पुगेका दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले पत्रकारहरूलाई सम्बोधन गर्दै घोषणा पत्र च्यात्ने कुनै औचित्य थिएन। घोषणा पत्रमा सबै गठबन्धन दलहरूको पार्टीको झण्डाहरू थियो। तर एसपी शर्माले पहिलेबाटै घोषणा पत्र च्यात्ने मन बनाएर प्रेस भेला बोलाएर तेसो गरेको बताए। विधायक निरज जिम्बाले भने, ‘त्यो घोषणा पत्र च्यातेको कारणले मैले एकजना व्यक्तिलाई मात्र भनेर ईनामको घोषणा गरेको थिए। तर एकजना सभासदले त झन भाजपामाथि पो तोकेर खनियो। तर भाजपाले के अपराध गरेको थियो। राजनीति गर्नु पाउँदैन? भाजपा पाकिस्कानको कुनै पार्टी होइन। भाजपा त राष्ट्रवादी पार्टी हो। नेताको यस्तो बयानबाजीले आफ्नै स्तर घटेको छ।’
गत केही दिन अघि जीटीए पीआरओ एसपी शर्माले गठबन्धन दलको घोषणापत्र च्यातेको सन्दर्भलाई लिएर भएका विभिन्न बाद-विवाद तथा पैसा दिने, थप्पड हान्ने घोषणाहरूले जनसाधारणमा उब्जिएका विभिन्न नकरात्मक टीकाटिप्पणीबारे दार्जीलिङका विधायक निरज जिम्मासँग सोध्दा तिनले राजनीतिमा सबैकुरा सम्भव हुने जनाए। तिनले तर यो कुरा उचित नभएको स्पष्ट पारे। जिम्बाले तर यसैबीच जीटीएका एकजना सभासदले भने गठबन्धन दलका प्रार्थीहरूलाई थप्पड हान्नेलाई दश हजार रूपियाँ दिने गरेको घोषणाको विरोध जनाए। तिनले भने-ती प्रार्थीहरूको यसमा कुनै दोष छैन। उनीहरू कसैका दिदी हुन् भने कसैका बहिनी, दाजु-भाई, छोरा-छोरी, आफन्त हुन्। यसर्थ आफ्नो मान्छे पनि नचिन्ने यस्ता सभासद र पार्टीलाई हामीले चुनाउमा जिताउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर हो। तिनले बबुवा शब्दले कुनै एउटा जाति, समुदायलाई इंकित नगरेको जनाउँदै तिनको एकजना बिहारी साथीलाई बबुवा भनेर बोलाने गरेको औ तिनको त्यही बिहारी साथीकै अनुहारसँग एसपी शर्माको अनुहार पनि दुरुस्त मिल्ने गरेकोले तिनलाई पनि बबुवा भनी सम्बोधन गरेको जनाए।

About Author

Advertisement