एसडीएफ र क्यापका सदस्यहरू एसकेएममा सामेल हुँदा मुख्यमन्त्रीद्वारा खुशी प्रकट

IMG-20240717-WA0003

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले एसडीएफका नेताहरू तथा सदस्यहरू अनि क्यापका सदस्यहरूलाई एसकेएम परिवारमा हार्दिक स्वागत गर्न पाउँदा अत्यन्तै खुशी भए। यसबारेमा मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत उल्लेख गर्दै निम्नरुपमा रहेका सदस्यहरू एसकेएम पार्टीमा सामेल बनेको उजागर गरे।
जस्तै- श्री पीएन शेर्पा, दारामदिन विधानसभा क्षेत्रका एसडीएफ उम्मेदवार (२०२४ निर्वाचन)। श्री लक्ष्मण भट्टराई, उपाध्यक्ष (प्रभारी), पूर्व जिल्ला, एसडीएफ। श्री भूपाल राई, केन्द्रीय कार्यकारिणी समितिका महासचिव, एसडीएफ। श्री अशोक बागदास, जिल्ला अध्यक्ष, एसडीएफ। श्री गरजमान गुरुङ, प्रभारी, पाक्योंग जिल्ला, एसडीएफ। श्री उदय मिश्र, एसडीएफ कार्यकारिणी सदस्य, पाक्योंग जिल्ला। श्री नाकुल छेत्री, एसडीएफ सदस्य। श्री केदारनाथ दाहाल, एसडीएफ सदस्य। श्री कर्मा हिस्से भुटिया, एसडीएफ सदस्य। श्री तिलक चावान, एसडीएफ सदस्य। श्री जिग्मी भुटिया, एसडीएफ सदस्य। एसडीएफका सीएलसी अध्यक्ष श्री सबिन वाकचाली राई, एसडीएफ का रावाङ्ला जोन आईसी (बरफुङ) श्री जिग्मी वाङचुक भुटिया, तथा एसडीएफका बरफुङ संयोजक श्री पवन सोताङ राई। अरिथाङ २०२४ निर्वाचनका क्याप उम्मेदवार श्री रिक्षेश प्रधान र क्यापका का सदस्यहरू, क्यापका पूर्व काउन्सिलर (लोअर सिचे) श्री प्रशान्त राई, क्यापका राज्य युवा प्रमुख समन्वयक श्री विकी डुङमाली राई, क्यापका पूर्व काउन्सिलर (डिपिएच) तथा कार्यक्रम व्यवस्थापनका पूर्व कार्यकारी अध्यक्ष श्री मिलन खाती, क्यापका राज्य सङ्गा समन्वयक श्री जिग्मी नाम्ग्याल भुटिया रहेका छन्।
अन्तमा सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले उनिहरूले एसकेएममा आवद्ध हुने निर्णय गर्नु अग्रगामी नेतृत्व , समावेशी विकास तथा जनमुखी शासनप्रति साझा प्रतिबद्धताको परिचायक हो भने। साथै जनताको आकांक्षा पूरा गर्न र हरेक तहमा लोकतान्त्रिक मूल्यहरूलाई अझ सुदृढ बनाउन नयाँ दृढ संकल्पका साथ काम गर्नेछौं भनि जनाए।

About Author

Advertisement