एसडीएफ पार्टीका विधायक तेञ्जिङ लाम्ठा एसकेएम पार्टीमा सामेल

IMG-20240710-WA0258

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सिक्किम डेमोक्रेटिक फ्रण्टका स्यारी निर्वाचन क्षेत्रका एक मात्र विधायक तेञ्जिङ लाम्ठासँग भेट गरे। मुख्यमन्त्री तामाङको सरकारी निवास मिन्तोगाङमा उनले भेट गरेका हुन्। विधायक लाम्ठाले आज एसडीएफ पार्टी त्याग गर्दै आधिकारिकरूपमा एसकेएम पार्टीमा सामेल भएका हुन्। मुख्यमन्त्री तामाङको उपस्थितिमा आधिकारिकरूपमा एसकेएम पार्टीमा सामेल भएपछि लाम्ठाले आफ्नो समष्ठीको विभिन्न मुद्दा साथै कल्याणकारी कामहरूबारे छलफल गरेका जानकारी गराइएको छ। विधायक लाम्ठाद्वारा राखिएको प्रस्तावलाई मुख्यमन्त्री तामाङले स्वागत जनाउँदै स्यारी निर्वाचन क्षेत्रको विकासको निम्ति काम गर्नुपर्ने सुझाउलाई स्वीकार गरेका छन्। उल्लेखनीय छ, गत अप्रेल महिनामा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा स्यारी निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीका उम्मेदवार केएन लेप्चालाई पराजित गर्दै लाम्ठा विजयी बनेका थिए। लाम्ठाले एसडीएफ पार्टीबाट प्रतिष्पर्धा गरेका थिए भने केएन लेप्चाले एसकेएम पार्टीबाट स्यारी निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरेका थिए। लाम्ठाले लेप्चालाई १२ सय भन्दा अधिक मतले पराजित गर्दै स्यारी निर्वाचन क्षेत्रको निम्ति विधायक बनेका थिए।

About Author

Advertisement