एसडीएफ पार्टीका नेता तथा पूर्व मन्त्री एमबी दाहालले दिए राजिनामा

IMG-20220614-WA0175.jpg

गान्तोकः सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका वरिष्ट नेता तथा पूर्व मन्त्री एमबी दाहालले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीमा वरिष्टता र योगदानको हमत्व नरहेको दावी गरेका छन्। हिजो मात्र पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई आफ्नो राजीनामा पत्र बुझाएका दाहालले आज यहाँ पत्रकारहरूसित कुराकानी गर्दै यस्तो मन्तव्य जाहेर गरेका हुन्। उनको भनाइअनुसार निक्कै अघिदेखि नै पार्टीले आफूलाई महत्व नदिएको कुरा महसुस गर्दै आएका थिए।

ढिलो छिटो पार्टीको आफू प्रतिको वर्तावमा परिवर्तन आउनेछ भन्ने सोचेर लामो समयसम्म टाड़ैबाट विचार गरिबसेको तर पार्टीमा त्यस्तो कुनै परिवर्तन नआएको तीनपल्ट विधायक, मन्त्री र विधानसभाका उपाध्यक्ष रहिसकेका दाहालले बताए। मैले चुनाउ अघि पनि एसडीएफ पार्टी छोड़्न सक्थे। तर, त्यसो गरेको भए त्यसमा मेरो व्यक्तिगत स्वार्थ देखिन्थ्यो। मैले राजनीति कहिल्यै पनि आफ्नो स्वार्थको निम्ति गरिन। त्यसैले चुनाउ अघि पार्टीबाट राजीनामा दिइन, उनले भने।

एमबी दाहालले पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्रमा पार्टी त्याग्नुको कारण राजनीतिकभन्दा अधिक सामाजिक बताएका छन्। लामो समयदेखि राजनीति गर्दै आएकोले चट्टै राजनीतिदेखि टाड़ो बस्न नसके पनि विस्तारै राजनीतिदेखि टोड़ो हुने विचार रहेको आज पत्रकारहरूसितको कुराकानीमा बताए। तरै पनि आफूले शुरुदेखि नै केवल जनताको हितमा राजनीति गर्ने गरेकोले भोलीको दिनमा राजनीतिलाई लिएर निर्णय लिँदा सिक्किमे जनताको हितलाई ध्यानमा राखेर निर्णय लिने ६२ वर्षीय दाहालले बताए।

About Author

Advertisement