एसडीएफ चेली मोर्चाद्वारा पोइट आइडल-की विजेता निलम गुरूङलाई सम्मान

IMG-20230514-WA0288.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी भाषा, साहित्य र कलाको संरक्षण, संवर्द्धन तथा अभिवृद्धिलाई समाजविकासका लागि प्राथमिक महत्वपूर्ण विषय मान्दछ। गत महिना काठमाण्डौंमा आयोजित प्रथम नेपाली पोइट आइडल प्रतियोगिताले नेपाली साहित्य जगतमा नयाँ प्रयोग र उँचाइ प्रदान गरेको जानकारी गराएको छ। उक्त प्रतियोगितामा सिक्किमकी छोरी नीलम गुरूङ प्रथम बनेकी थिइन्। यो सम्पूर्ण सिक्किमवासी तथा भारतीय नेपालीभाषीहरूका निम्ति गौरवको विषय हो भनी एसडीएफ पार्टीले ठहर गरेको छ।

संसारभरिका २००-भन्दा अधिक प्रतियोगीहरूले यस प्रतियोगितामा सहभागिता जनाएका थिए। ती प्रतियोगीहरूमध्ये आफ्नो उम्दा प्रतिभा र प्रभावशाली प्रस्तुतीका कारण १४ जना छनौट हुनेहरूमा एकजना कवि नीलम गुरूङ पनि थिइन्। आफ्नो लगनशीलता, अपार क्षमता र सशक्त कविता प्रस्तुतीका कारण कवि नीलम गुरूङले पहिलो पोइट आइडल -को खिताब जित्न सफल बनेकी हुन्। निर्देशक तथा अभिनेता अनुप बराल, प्रतिष्ठित कवि उपेन्द्र सुब्बा, नायिका सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक पोइट आइडल -का निर्णायकहरू थिए। आफ्नो उम्दा र सशक्त प्रस्तुतीले जजेज् तथा दर्शकहरूको मनलाई जित्न सफल बनेकी गुरूङको यो उपलब्धि प्रशंसनीय रहेको पार्टीले बताएको छ।

एसडीएफ पार्टीको चेली मोर्चाले आज कवि नीलम गुरूङलाई सम्मान जनायो। पार्टीको पक्षबाट चेली मोर्चा उपाध्यक्ष श सकुन गुरूङ, चेली मोर्चा सचिव. रिञ्छेन ल्हमु भोटिया, चेली मोर्चा संयोजिका (उत्तर जिल्ला) टाशी डोमा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement