गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले गेजिङ जिल्लाका लागि नयाँ जिल्ला अध्यक्ष तथा जिल्ला समिति चयन गरेको छ। साथै पार्टीले जनसंवाद कार्यक्रमलाई थप तीव्रता दिने निर्णय पनि गरेको छ।
पार्टीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एसडीएफ गेजिङ जिल्ला कार्यसमितिको समन्वय बैठक हिजो जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको थियो। सो बैठकमा नयाँ जिल्ला अध्यक्ष तथा जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको बताइएको छ।
बैठकले आगामी पार्टी कार्यदिशालाई थप सशक्त बनाउने, संगठनात्मक गतिविधि विस्तार गर्ने तथा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रमलाई व्यापक बनाउने सम्बन्धमा विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ।
उक्त सभामा गेजिङ जिल्ला इन्चार्ज, जिल्ला कार्यसमिति सदस्यहरू तथा पार्टीका स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।










