एसडीएफले सिक्किमेली जनताको पक्षमा जारी गऱ्यो राजनैतिक प्रतिज्ञाहरू

Screenshot_20231203_200505_WhatsApp.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीले राज्यका जनतालाई आउँदो चुनाउका प्रमुख मुद्दाहरूबारे सचेत गर्दै यी मुद्दाहरूमा पार्टीको अडान र प्रतिबद्धतासहित जनताका पक्षमा राजनैतिक प्रतिज्ञाहरू प्रकाशित गरी जारी गरेको छ। गत १ दिसम्बरको दिन केन्द्रिय कार्यकारिणी समितिको एउटा महत्त्वपूर्ण बैठकमा पार्टी अध्यक्ष श्री पवन चामलिङले ‘एसडीएफ २.० हाम्रा राजनैतिक प्रतिज्ञाहरू’ नामक पुस्तक सिक्किमेली जनतालाई समर्पित गरे।प्रस्तुत पुस्तकमा एसडीएफ २.० को अवधारणा स्पष्ट गर्दै जनतालाई एसडीएफ पार्टीले समसामयिक विभिन्न मुद्दाबारे आफ्नो धारणा र अडान स्पष्ट गरेर तिनलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसमा कूल ३३ वटा महत्त्वपूर्ण मुद्दा र प्रतिज्ञा जनतासामू प्रस्तुत गरिएको छ।
पहिलो प्रतिज्ञामा सिक्किमका ऐतिहासिक सम्झौता र ऐनहरूको पुनर्समीक्षा (रिभिजिट) गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। दोस्रो, सिक्किमे जनताको विशेष संवैधानिक पहिचान र अधिकारहरूको सुरक्षा गर्ने प्रतिबद्धता एसडीएफले गरेको छ। तेस्रो, मूलवासी सिक्किमेको सुरक्षा गर्ने, चौथो, सिक्किमेलाई सिक्किमको खाँटी मालिक बाउने, पाँचौं, शान्ति, सुशासन कामय गर्ने, छैटौं, भ्रष्टाचारलाई समूल नाश गर्ने, सातौं, सिक्किमलाई पुनः अर्थनैतिक समृद्धि दिलाउने अनि आठौं, सिक्किम विधानसभाको सीट ४० बनाउने अनि बढेको ८ सीटबाट ५ सीट लिम्बू तामाङका आरक्षित गराउने तथा रहल २० सीटलाई छुटेका ११+१ (१२) जातिलाई जनजातिको मान्यता दिलाएर उनीहरूका लागि आरक्षित गराउने कार्यक्रम रहेको बताउँदै प्रतीज्ञा गरिएको छ। प्रतिज्ञा संख्या नौमा, एक भोट-एक रोजगारको ग्यारेन्टी सुनिश्चित गर्ने प्रतिज्ञा गरिएको छ। यस नीति अन्तर्गत प्रत्येक बालिक, शिक्षित, अल्पशिक्षित, काम गर्न सक्षम सदस्यलाई उसको योग्यता अनुसार एउटा न एउटा रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। दशौं, जनतालाई छाना, माना र नानाको बन्दोबस्त गर्ने, एघारौ, स्वास्थ्य परिवेशलाई मानवीय र विश्वस्तरीय बनाउने प्रतिज्ञा गरिएको छ, जसमा जनताको स्वास्थ्य उपचारका लागि जरुरत सबै सेवा सुविधा, सरकारी सहयोग, अनुदान स्वास्थ्य विभाग सिङ्गल विन्डो सिस्टमद्वारा सहजै उपलब्ध गराउने बताइएको छ। बाह्रौं, सिक्किमको शिक्षालाई उत्कृष्ट र समयसापेक्ष गरिने, तेह्रौं, बौद्ध धर्मगुरु परमपावन १७ औं कर्मापालाई रुम्तेक धर्मचक्रमा प्रतिस्थापित गर्ने, चौधौं, राज्य विधानसभामा लिम्बू-तामाङका लागि सीट आरक्षण गराउने, पन्ध्रौं, युवावर्गलाई सक्षम र जिम्मेवार नेतृत्वको रूपमा विकास गर्ने प्रतिज्ञा गरिएको छ।सोह्रौं, युवाहरूका लागि रोजगारका नयाँ नयाँ विकल्प र अवसरहरू खोजी निकाल्ने, सत्रौं, युवा पीढीलाई समृद्ध सिक्किम जिम्मा दिने, अठारौं, महिलालाई पूर्ण सशक्त बनाउने, उनाइसौं परिगणित एवम् दलित तथा पछाडिएका जातिलाई थप सुरक्षा दिने, बीसौं, कर्मचारीहरूको सम्मान र स्वतन्त्रता फर्काउने प्रतिज्ञा गरिएको छ।एकाइसौं प्रतिज्ञामा ट्याक्सी चालकलाई सम्मानपूर्वक जीवन यापन गर्ने अवसर दिने, बाइसौं, सिक्किमलाई खाद्यान्नमा आत्मनिर्भर राज्य बनाउने, तेइसौं, पञ्चायतीराजलाई अझ सबल बनाउने, चौबीसौं, ग्रामीण विकासलाई उच्च प्राथमिकता दिने, जसमा गाउँको विकासका लागि ७० प्रतिशत बजेट आवन्टन गर्ने कार्यक्रम र नीति तर्जुमा गर्ने एसडीएफले जनतालाई प्रतिज्ञा गरेको छ।पच्चिसौं, पर्यटन उद्योगलाई गाउँमुखी बनाउने, छब्बीसौं, जैविक मिसनलाई नयाँ आयाम दिने, सताइसौं विकासको पर्यामैत्री मोडन अवलम्बन गर्ने, अठाइसौं, प्रकृति, पर्यावरण र परितन्त्रको संरक्षण गर्ने, उन्नतीसौं, जलस्रोतको विकास र संरक्षण गर्ने अनि तीसौं सिक्किमका भावी पुस्तालाई हरित पर्यावरण हस्तान्तरण गर्ने प्रतिज्ञा गरिएको छ।एकतीसौं प्रतीज्ञामा, बजेटको सम्पूर्ण विवरण जनतालाई दिइने, बत्तीसौं, जनताको चुनाउ जनताको घोषणापत्र, जसमा जनताका माग अनुसारका घोषणापत्र तयार पारी त्यसैको आधारमा चुनाउमा जाने र सरकार बनिएपछि तिनै घोषणालाई अक्षरस पालन गर्ने अनि अन्तिम प्रतिज्ञामा देशभक्ति र राष्ट्रप्रेम बढाउने प्रतिज्ञा गरिएको छ।

About Author

Advertisement