नाम्ची। आज एसकेएम सरकारको तेस्रो वर्षगाँठ केक काटेर पालन गरियो। उक्त वर्षगाँठ कार्यक्रम नाम्ची बजारस्थित एसकेएम पार्टीको जिल्ला कार्यालयमा आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी महासचिव प्रभारी एसजे लेप्चाले कार्यक्रमको औचित्य विषय प्रकाश पारे। मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा एसकेएम सरकारले राम्रो काम गरिरहेको बताउॅंदै मुख्यमन्त्री तामाङसँग विगतका मुख्यमन्त्रीको तुलना हुन नसक्ने दाबी गरे।
एक प्रश्नको जवाफमा उपाध्यक्ष प्रभारी सतिशचन्द्र राईले तीन वर्षकाे कार्यकालमा एसकेएम सरकारले स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा राम्राे कामहरू गरिरहेकाे बताए। याे तीन वर्षभित्र सरकारले काेराेना महामारी जस्ताे विकट स्थितिकाे सामना गर्न परे तापनि एसकेएम सरकारले आफ्नाे जिम्मावरीबाट एक इन्च पछि नहटेको बताए। उनले मुख्यमन्त्री पीएस तामाङ र उनकाे सरकारलाई तेस्राे वर्षगाँठकाे बधाई-शुभकामना पनि दिए।
यस अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष भाेजराज राई, नारी शक्ति उपाध्यक्ष प्रभारी कला सुब्बा, पार्टीकाे नाम्ची-सिङ्गिथाङका प्रभारी गणेश राई, सीएलसी अध्यक्ष टाँसी तामाङ, पार्टीकाे दक्षिण जिल्ला युवा सञ्याेजक वसन्त याेञ्जन आदिकाे उपस्थिति रहेकाे थियाे।









