एसकेएम युवा प्रकोष्ठले लियो मंगनको प्रभावित स्थलको जायजा

IMG-20240613-WA0254.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानको विशेष अगुवाईमा युवा प्रकोष्ठको एक टोलीले उत्तर जिल्लाको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरी स्थितिको जायजा लिएको छ।

पार्टीको तर्फबाट विस्थापित परिवारहरूको स्थितिबारे सरकार समक्ष जानकारी पु-याउने साथै आवश्यक राहत सामग्रीहरू पनि उपलब्ध गराउने लगायत राहत एवं उद्वार कार्यका निम्ति सरकारसितको समन्वयमा हरसम्भव सहयोग प्रदान गर्ने अध्यक्ष मोक्तानले जानकारी गराएका छन्। अविरल बर्षाका कारण उत्तर जिल्लाको विभिन्न स्थानमा पैह्रो गएको छ भने पैह्रोको चपेटमा परी धेरै जनधनको क्षति भएको छ। युवा प्रकोष्ठको यस टोलीमा युवा अध्यक्ष लाक्पा मोक्तान, प्रमुख युवा संयोजक सहदेव शर्मा, प्रेस एवं प्रचार प्रसार महासचिव अभिषेक शर्मा, सोनाम भोटिया, सागर सुब्बा, डा. सुवास तामाङ लगायत धेरै युवा कार्यकर्ताहरू सामेल रहेका थिए।

About Author

Advertisement