गान्तोक: एसकेएम पार्टीको युवा प्रकोष्ठ अध्यक्ष लाक्पा मोक्तानको नेतृत्वमा युवा प्रकोष्ठले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको जन्मदिन भव्यताका साथ पालन गरेको छ। मुख्यमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै पूजा आयोजना गरिएको थियो। पूजापछि युवा विकास प्रकोष्ठको प्रायोजनमा एसएपी पाङथाङ मुख्यालय परिसरमा निर्मित नयाँ स्नान कक्षको उद्घाटन गरिएको थियो। जन्मोत्सवको समापन केक काटेर सम्पन्न भयो। युवा प्रकोष्ठका सदस्यहरूले मुख्यमन्त्रीप्रति शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा अखिल सिक्किम सरकारी ठेकेदार संघका अध्यक्ष सहदेव शर्मा, उपाध्याक्ष प्रितम सुब्बा, महासचिव सोनाम छोपेल शेर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।










