गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले युक्सोम–ताशिडिङ निर्वाचन क्षेत्रबाट २०२४ को निर्वाचनका लागि सीएपीका उम्मेदवार जिग्मी वाङ्ग्याल भुटिया तथा राङ्पोकी निवासी सुश्री रञ्जिता प्रधानलाई सीएपीबाट एसकेएम परिवारमा हार्दिक स्वागत जनाए।
यसबारे सामाजिक संजालमा उल्लेख गर्दै मुख्यमन्त्रीले पश्चिम पेंडामबाट २०२४ को निर्वाचनका लागि एसडीएफका उम्मेदवार अनुप थाताललाई साथै एसडीएफका सतीश मोहन प्रधान- वरिष्ठ उपाध्यक्ष (पश्चिम), सुश्री जुडी राई दाहाल- महासचिव, प्रचार विभाग, सुश्री रञ्जु लामिछाने, महासचिव, संस्कृति विभाग तथा चेल्ली मोर्चा सचिव, पूर्व जिल्ला, सुश्री पासाङ फुती भुटिया, महासचिव सह चेल्ली इन्चार्ज, सोरेङ र ग्यालसिङ जिल्ला, हेम कुमार प्रधान, सीईसी, चुजाचेन, बिन्द्रा कुमार राई, पूर्व युवा संयोजक, दक्षिण- चालामथाङ, सुश्री छोदेन लेप्चा, क्याम्पिङ इन्चार्ज, ताशिडिङ, लक्ष्मी प्रसाद शर्मा, ताशिडिङ, नाम्ची–सिंहिथाङ निर्वाचन क्षेत्रबाट २००९–२०१४ अवधिमा विधायक रहेका एसडीएफका पूर्व विधायक विनोद राईलाई एसकेएम परिवारमा हार्दिक स्वागत जनाए।
यस प्रसंगमा मुख्यमन्त्रीले एसकेएम पार्टीमा सामेल हुनेहरूलाई हार्दिक स्वागत जनाउँदै सम्बोधन गरे कि “उनिहरूको एसकेएममा सहभागिताले वर्तमान एसकेएम पार्टीको नेतृत्व, दृष्टिकोण र जनमुखी नीतिप्रति उनिहरूको गहिरो विश्वास झल्काउँछ र उनिहरूको ऊर्जा, प्रतिबद्धता र जनस्तरसँगको सुदृढ सम्बन्धले हाम्रो सामूहिक शक्ति अझ सशक्त हुनेमा म विश्वस्त छु।”
अन्तमा मुख्यमन्त्रीले संजाल मार्फत उनिहरूको अनुभव र योगदानले सामूहिक प्रयासलाई थप सशक्त बनाउने र एकताबद्ध रूपमा अघि बढ्दै, जनतासँग नजिकबाट समन्वय गरी, सकारात्मक र समावेशी परिवर्तन ल्याउने दृढ संकल्पका साथ सँगै काम गर्ने अपेक्षा राखे।










