(एसकेएम पार्टीद्वारा महिलाहरूलाई सम्मान पत्र वितरण

IMG-20230408-WA0256.jpg

गेजिङ: गेजिङ जिल्ला पार्टी कार्यलयमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सम्मान पत्र वितरण समारोह सम्पन्न भयो।गेजिङ जिल्ला पञ्चायत अध्यक्ष डी. एस. लिम्बूको मुख्य अतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा पार्टी उपाध्यक्ष तथा पश्चिम जिल्ला प्रभारी डी.बी गुरूङ,पश्चिम जिल्ला अध्यक्ष ए. बी लिम्बू, महासचिव प्रभारी हरिनारायण सुवेदी लगायत जिल्ला पञ्चायत ग्राम पञ्चायतहरूको उपस्थिति रहेको थियो। स्मरण रहोस गत अन्तर्राष्ट्रिय महिला दिवसको दिन यो सम्मान गर्ने कार्यक्रम आयोजना गरिने तय भएको थियो, तर केही कारण बस कार्यक्रम स्थागित गरिएको हो। आज गेजिङ जिल्लाको योक्सम टाशीडीङ,याङथाग,गेजिङ बर्मेक र मानेबुङ देन्तामका पञ्चायतहरूलाई सम्मान गरिएको हो।यस सभालाई सम्बोधन गर्दै उपाध्यक्ष प्रभारी डी.बी गुरूङले पाकिम जिल्लाको सरमसामा सम्पन्न भएको अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो भने उक्त दिन धेरै कार्यक्रम भएको कारण सम्भवतः हुन सकेन र मुख्य मन्त्री तथा पार्टी अध्यक्षको दिशानिर्देश अनुरूप प्रत्येक जिल्लामा नै कार्यक्रम आयोजना गरि वितरण गरिएको जनाए।सरकार र पञ्चायत एउटा पुल सरह हो, जसको तालमेलमा सिक्किम जनताको सेवा सहजै गर्ने सकिन्छ भन्दै पार्टी गत चुनावलाई समाप्त गरि स्वतन्त्र रूपमा चुनाव गराएर पञ्चायती राजलाई सशक्त गरेको पनि उनले बताए।मुख्य अतिथिको आसनवाट बोल्दै जिल्ला पञ्चायत अध्यक्ष डी एस लिम्बूले यसरी नारी पञ्चायतहरूलाई सम्मान जनाएर अझ उर्जा थपी दिएकोमा उनले पार्टी प्रति आभार व्याक्त गर्दै कुनै पनि कामलाई चुडान्त दिनु हो भने हामीमाझ सम्झौता हुनु जरुरी रहेको बताए।उनको भनाइ अनुसार सबै जसो काम तालमेलको कारणले नै सफल हुने गर्दछ्।

About Author

Advertisement