गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङको निर्देशनमा एसकेएम पार्टीले आगामी उपनिर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्रमा तीन-तीन सदस्यीय निर्वाचन प्रचार संयोजकहरू नियुक्त गरेको छ।जसमा सोरेङ च्याखुङ समष्टिका लागि पार्टीका प्रवक्ता सीपी शर्मा, मन्त्री भीमहाङ लिम्बू र विधायक सञ्जित खरेललाई संयोजक नियुक्त गरिएको छ। यसरी नै नाम्ची सिङ्गीथाङ समष्टिका लागि पार्टीका सेक्रेटेरी जेनरल तथा मन्त्री अरुण कुमार उप्रेती, मन्त्री भोजराज राई र मन्त्री नरबहादुर दाहाललाई संयोजक नियुक्त गरिएको छ। पार्टी अध्यक्षको प्रत्यक्ष पर्यवेक्षणमा यी सदस्यहरूले पार्टीका उम्मेदवारहरूको समग्र अभियान गतिविधिहरू व्यवस्थापन गर्न जिम्मेवारी निर्वहन गर्ने पार्टी मुख्यालयद्वारा आज जारी गरिएको नियुक्ति आदेशपत्रमा उल्लेख गरिएको छ।









