एसकेएम पार्टीको १४औँ स्थापना दिवस

FB_IMG_1768226277015

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले रङ्पोमा आयोजना हुन गइरहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १४औँ स्थापना दिवस समारोहको दोस्रो तयारी बैठकको अध्यक्षता गरे।
यसबारेमा मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत उक्त बैठकमा आगामी स्थापना दिवस समारोहलाई भव्य तथा गरिमामय रूपमा सम्पन्न गर्नका लागि विस्तृत छलफल गरिएको र विभिन्न व्यक्ति तथा पार्टी संगठनहरूलाई आवश्यक जिम्मेवारीहरू तोकिएको थियो भनि जानकारी गराए।
बैठकका क्रममा मुख्यमन्त्रीले सबै सदस्यहरूलाई सामूहिक रूपमा एकताबद्ध भई समर्पणका साथ कार्य गर्न निर्देशन तथा आग्रह गरे ताकि कार्यक्रमलाई भव्य सफलतामा परिणत गर्न सकियोस्। उनले जोड दिँदै भने कि “पार्टीप्रति र यसका आदर्शहरूप्रतिको हाम्रो प्रतिबद्धतामै हाम्रो साझा यात्राको सार निहित छ। मुख्यमन्त्रीले पार्टीको स्थापना भएदेखि लिएर सरकार गठनपछिसम्म सधैं जनमुखी नीति तथा कार्यक्रमहरू अवलम्बन गर्दै राज्यको कल्याण र विकासका लागि निरन्तर निष्ठापूर्वक काम गर्दै आएका बताए। यसका साथै उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताप्रति पार्टीको प्रतिबद्धतालाई अझ मजबुत पार्ने उद्देश्यले निकट भविष्यमा पाँचदिने पार्टी अधिवेशन आयोजना गरिने घोषणा पनि मुख्यमन्त्रीले गरेको कुरो सामाजिक संजाल मार्फत जनाए।


अन्तमा मुख्यमन्त्रीले संजालमा भने- यस वर्षको स्थापना दिवस समारोह “जन आन्दोलनदेखि जन सरकार” भन्ने मूल नाराअन्तर्गत आयोजना गरिनेछ, जसमा ठूलो जनसहभागिता रहने अपेक्षा गरिएको छ। यसले पार्टी र जनताबीचको सुदृढ सम्बन्धलाई प्रतिबिम्बित गर्नेछ।

About Author

Advertisement