एसकेएम पार्टीका उम्मेदवारहरूले २०२६ को नगर पालिका चुनावका लागि मनोनयन पत्र बुझाए

n70606479917745465187092afef956a61c9bff097fe304b0420442a5d102d00d400d65b9924ff278e515dd

गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका सबै उम्मेदवारहरूले आगामी नगर पालिका चुनाव २०२६ को लागि आफ्नो मनोनयन पत्र आज बुझाएका छन्। एसकेएम पार्टीका ६३ उम्मेदवारहरूले आज एकै दिन आफ्ना जिल्ला प्रशासनिक केन्द्रहरूमा मनोनयन पत्र बुझाए।
यस अवसरमा पार्टी कार्यकर्ताहरू र समर्थकहरूको व्यापक उपस्थिती देखिन थाल्यो। नगर पालिका चुनावको घोषणा पछि एसकेएम पार्टीले नगर निगम, नगर परिषद र नगर पञ्चायतहरूका लागि उम्मेदवारहरूको घोषणा एकै दिन गरेको थियो। उम्मेदवारहरूले आज बिहान १० बजेदेखि शहरी स्थानीय निकायहरूमा मनोनयन पत्र बुझाउन थालाएका थिए।
सिक्किम राज्य चुनाव आयोगले २३ मार्चमा सिक्किममा २०२६ को नगरपालिका चुनावको घोषणा गरेको थियो। यस चुनावमा गान्तोक नगर निगमका २१ वार्ड, नाम्ची नगर परिषदका ७ वार्ड, सिङताम नगर पञ्चायतका ५ वार्ड, नयॉं बजार जोरथाङ नगर पञ्चायतका ५ वार्ड, गेजिङ नगर पञ्चायतका ५ वार्ड, मङ्गन नगर पञ्चायतका ५ वार्ड, रम्फू नगर पञ्चायतका ५ वार्ड, पाकिम नगर पञ्चायतका ५ वार्ड र सोरेङ नगर पञ्चायतका ५ वार्डमा चुनाव हुनेछ।
मनोनयन पत्र बुझाउने अन्तिम मिति ३० मार्च निर्धारित गरिएको छ। मनोनयन पत्रको जाँच १ अप्रिलमा हुनेछ र मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति ४ अप्रिल हो। मतदान २४ अप्रिल बिहान ८ बजेबाट साँझ ५ बजेसम्म हुनेछ। मतगणना भने २५ अप्रिल बिहान ८ बजेबाट शुरू हुनेछ।

About Author

Advertisement