एसकेएम पार्टीकाे युवा जमघट कार्यक्रम सम्पन्न

IMG_20220904_232508.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत पाेकलाेक-कामराङ समष्टिकाे गुरूङ गाउँमा आज भू प्रयाेग एवं पार्यवरण बाेर्डका सल्लाहकार भगिरथ राईको अध्यक्षतामा एसकेएम पार्टीकाे युवा जमघट कार्यक्रम सम्पन्न भयाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै सल्लाहकार राईले पार्टीकाे नीति-सिद्धान्त विषय माथि प्रकाश पारे। युवाले पार्टीकाे नीती-सिद्धान्तअनुरूप काम गर्नुपर्ने भनि उनले बताए। पञ्चायत चुनाउ नजिक आएकाे कारण पार्टी र गाउँ काममा गर्नेलाई पञ्चायत बनाउनु पर्ने अनुराेध गरे। २०२४ काे चुनाउमा एसकेएम पार्टीकै सरकार आउने पनि उनले दाबी गरे।

कार्यक्रममा पार्टीकाे सीएलसी युवा सञ्याेजक रेखीमान राईले ढाँटेर राजनीति गर्ने समय गएकाे बताए। एसकेएमका युवा ढुङ्गा-मुडा गर्ने युवाहरू नभएर कलम चलाउने युवाहरू रहेकाे दाबी गरे। यस क्रममा सम्बाेधन गर्दै युवा शरद राईले पार्टी र समाजकाे लागि युवाहरू एकजुट हुनुपर्ने कुरामा जाेर दिए। उनले उपस्थित युवाहरूसमक्ष उत्प्रेणात्मक कुराहरू पनि राखेका थिए। उनले पार्टी अध्यक्ष पीएस तामाङकाे नेतृत्वमा राम्रा कार्यहरू भइरहेकाे बताउँदै पार्टी अध्यक्षकाे निर्देशनअनुरूप युवाहरूले काम गर्नुपर्ने अनुराेध गरे।

कार्यक्रममा युवा प्रमाेद दाहाल, राेधन अधिकारी, सञ्जाेक तामाङ आदिले पनि सम्बाेधन गरेका थिए।

About Author

Advertisement