एसकेएम पश्चिम जिल्ला कार्यकारिणी समितिको बैठक

IMG-20230719-WA0369.jpg

गान्तोक: मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको
मार्ग-निर्देशनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पश्चिम सिक्किम जिल्ला कार्यकारिणी समितिको एक अन्तरक्रियात्मक बैठक आज सम्पन्न भयो। सभाको मुख्य विषय आगामी २२ जुलाईको दिन जिल्ला मुख्यालय गेजिङमा हुने जिल्ला समन्वय बैठक र नवनियुक्त सल्लाहकार, अध्यक्ष, एपीएस र अन्य पार्टी पदाधिकारीहरूको अभिनन्दन कार्यक्रमको सम्बन्धमा चर्चा गर्नु रहेको थियो। पार्टीका पश्चिम सिक्किम उपाध्याक्ष (प्रभारी) डीबी गुरुङको सभाध्याक्षतामा सम्पन्न बैठकमा उपरोक्त विषयबारे गहन छलफल गरियो। सभामा आगामी २२ जुलाईको दिन भव्यताका साथ जिल्ला समन्वय बैठक आयोजना गरिने र सोही अवसरमा उपरोक्त पदाधिकारीहरूलाई सम्मान जनाइने आजको सभामा निर्णय भएको छ।

About Author

Advertisement