एसकेएम पञ्चायत प्रकोष्ठका पदाधिकारीहरूले गरे उम्मेदवार सतिशचन्द्र राई र आदित्य गोलेसित भेट

n6361125461729622041640ec244cec5a372352f3547d9e04e9c54eb611e31d3667240342c9eb8d877850ce

गान्तोक: क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज एसकेएम पार्टीको पञ्चायत प्रकोष्ठका प्रतिनिधिहरूले एसकेएमका उम्मेदवारहरू सतिशचन्द्र राई (नाम्ची सिङ्गीथाङ) र आदित्य गोले (सोरेङ चाखुङ) को निवासमा पुगेर आगामी उप-निर्वाचनको लागि आफ्नो पक्षबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
यस अघि आज नै पञ्चायत प्रकोष्ठका प्रतिनिधिहरूले उप निर्वाचनको तयारीको बारेमा छलफल गर्न र मार्गदर्शन लिन मन्त्री भोजराज राईको निवासमा पुगी भेट गरेका थिए। यस भेटघाटको क्रममा विधायक तथा पञ्चायत प्रकोष्ठकी उपाध्याक्ष प्रभारी कला राई लगायत पञ्चायत प्रकोष्ठका अन्य पदाधिकारीहरू सहभागी थिए।

About Author

Advertisement