एसकेएम कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न

IMG-20250620-WA0001

गान्तोक: आज राजधानीस्थित पार्टी मुख्यालयमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको कानून प्रकोष्ठको एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको आयोजन राजनीतिक दलहरूसँगको अन्तरक्रियाको सम्बन्धमा भारतीय निर्वाचन आयोगबाट ११ मार्च, २०२५ मा प्राप्त आधिकारिक पत्राचारको बारेमा छलफल गर्न र जवाफ दिन गरिएको थियो।
बैठकमा एसकेएम पार्टीको कार्यकारी अध्यक्ष केएन लेप्चा, प्रवक्ता बिकास बस्नेत, महासचिव (मुख्यालय) पवन गुरुङ, कानून प्रकोष्ठका उपाध्यक्ष प्रभारी अधिवक्ता राजेन्द्र उप्रेती, ओएसडी (मुख्यमन्त्री) कानून अधिवक्ता रिन्जिङ दोर्जी तामाङ, संयुक्त सचिव (मुख्यालय) पंकज गिरी र एसकेएम चुनाउ शाखा समन्वयक कृ​ष्ण अधिकारी उपस्थित थिए।
एसकेएमद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, निर्वाचन आयोगको पत्रको जवाफमा, कानून प्रकोष्ठले मामिलाको बुँदागत रूपमा जाँच गर्‍यो र औपचारिक मस्यौदा जवाफ तयार गर्‍यो। मस्यौदा अधिवक्ता राजेन्द्र उप्रेतीले पढेर सुनाए र समीक्षाको लागि कार्यकारी अध्यक्ष केएन लेप्चालाई हस्तान्तरण गरे। पार्टी अध्यक्षबाट अन्तिम स्वीकृतिपछि, जवाफ आधिकारिक रूपमा भारतीय निर्वाचन आयोगमा पठाइनेछ।
एसकेएम एक पञ्जीकृत र मान्यताप्राप्त राजनीतिक दल भएकाले जीवन्त लोकतान्त्रिक अभ्यासहरूलाई कायम राख्न भारतीय निर्वाचन आयोगको निर्देशन र दिशानिर्देशहरूको पालना गर्न सधैं इमान्दार रहेको बताएको छ।

About Author

Advertisement