एसकेएमको १४औँ स्थापना दिवस तयारी लिएर रम्फूमा आयोजित समिति बैठक सम्पन्न

IMG-20240717-WA0003

रम्फू: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १४औँ स्थापना दिवसलाई सफल बनाउन आज रम्फू खेलमैदानमा आयोजना समितिद्वारा एक महत्वपूर्ण तयारी बैठक सम्पन्न भएको छ।
बैठकको अध्यक्षता पार्टीका महासचिव अरुण कुमार उप्रेतीले गरेका थिए। कार्यक्रममा आयोजन समितिका अध्यक्ष एलबी दास, उपाध्यक्ष सञ्जीत खरेल, विभिन्न फ्रन्टल अर्गनाइजेसनका प्रमुखहरू र विभागीय इन्चार्जहरू उपस्थित थिए।
बैठकमा सहभागी सदस्यहरूले पार्टी अध्यक्ष प्रेमसिंह तामाङद्वारा परिकल्पित “जन आन्दोलनदेखि जन सरकार” अन्तर्गत स्थापना दिवसलाई ऐतिहासिक रूपमा सफल बनाउन सभी तहका पार्टी कार्यकर्ताहरू उत्साहित रहेको जानकारी दिए। यस वर्ष पनि कार्यक्रममा उल्लेखनीय जनसहभागिता हुने अपेक्षा गरिएको छ। मुख्य आकर्षणका रूपमा विभिन्न राजनीतिक दल र सामाजिक पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ताहरूको सामेल कार्यक्रम रहनेछ।
बैठकमा आयोजन समितिका विभिन्न शाखाहरूले आ-आफ्ना जिम्मेवारीहरूबारे छलफल गरे। यी जिम्मेवारीमा प्रचार-प्रसार, यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन (नारी तथा युवा शाखा), भोजन व्यवस्थापन, मञ्च व्यवस्थापन, खानेपानी आपूर्ति, पण्डाल निर्माण, सरसफाई, विद्युत आपूर्ति लगायतका विषयहरू समावेश थिए।
महासचिव उप्रेतीले आयोजन समितिका सबै सदस्यहरूको समर्पण र प्रतिबद्धताको सराहना गरे। विशेष रूपमा आधारभूत तहका कार्यकर्ता—डीईसी, सीएलसी, डब्लुएलसी तथा पञ्चायत प्रतिनिधिहरूद्वारा जनसमूह परिचालन र कार्यक्रम सफल बनाउन पुर्‍याइरहेको अथक योगदानको प्रशंसा गरे। उनले सबै पार्टी सदस्य र समर्थकहरूलाई एकजुट भएर १४औँ स्थापना दिवस २०२६ लाई ऐतिहासिक बनाउने अपील पनि गरे।
एसकेएमले जानकारी दिएको छ कि स्थापना दिवस ४ फरवरी, २०२६ मा रम्फू खेलमैदानमा आयोजना हुनेछ। कार्यक्रममा मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङले सिक्किमका जनतालाई सम्बोधन गर्दै २०२९ का लागि दृष्टिकोण, भविष्यको कार्ययोजना र राज्यको समग्र विकाससम्बन्धी दिशा निर्देशहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement