एसकेएमको घरदैलो अभियान जारी

IMG-20230708-WA0560.jpg

गान्तोक। सिङताम खाम्दोङ समष्टिको दोछुम वार्डमा एसकेएम पार्टीको घरदैलो अभियान निरन्तर तीब्र गरिएको छ। यसै क्रममा आज छैटौं दिन मुख्यमन्त्रीका राजनीतिक अनि धार्मिक सल्लाहकार टीएन ढकाल र रोहितराज महाराजको नेतृत्वमा दोछुम वार्डमा सम्पन्न भयो। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सम्पन्न सभामा सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश तामाङ विशिष्ट अतिथि रहेका थिए भने साथमा युवा प्रकोष्ठका जिल्ला सचिव विशाल कार्की, सामाजिक सेवा प्रकोष्ठकी महासचिव रूपा कार्की, सीएलसी पर्यटन संयोजक केशवराज ढकाल, वार्ड अध्यक्ष चन्द्रकुमार दर्नाल, नायक उत्तम प्रधान, आकास थापाको, भूतपूर्व विधायक एम प्रसाद शर्मा, युवा संयोजक विधान शंकर, पञ्चायतगण लगायत अन्यको उपस्थिति रहेको थियो।

सभामा किशोर शंकरलाई वार्ड स्तरीय सामाजिक सेवा प्रकोष्ठको संयोजकको रूपमा नियुक्ति गरियो।

About Author

Advertisement