एसकेएमको खेल प्रकोष्ठको पहिलो समन्वय सभा सम्पन्न

IMG-20241203-WA0252

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गदर्शनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी खेल प्रकोष्ठको पहिलो समन्वय सभा राजधानीस्थित एक होटलमा आज सम्पन्न भयो। यस अवसरमा एसकेएम खेल प्रकोष्ठका उपाध्यक्ष प्रभारी तथा स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ नोर्बु लाम्था, प्रकोष्ठका अध्यक्ष रिञ्जिङ छोपेल भोटिया, महासचिव निर्मल छेत्री लगायत विभिन्न पञ्जीकृत खेल संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै खेल प्रकोष्ठका उपाध्यक्ष प्रभारी तेञ्जिङ नोर्बु लाम्थाले सबै २४ वटा पञ्जीकृत खेल संस्थाहरूका प्रतिनिधिहरूलाई उपस्थितिको निम्ति धन्यवाद दिंदै यस महत्वपुर्ण सभाको औचित्यमाथि प्रकाश पार्दै यस महिनाको अन्तिमतिर खेलको विकास हेतु एक बृहत खेल कार्यक्रम आयोजना गर्ने जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष दिशा निर्देशनमा एसकेएम खेल प्रकोष्ठले खेल परिवर्तन योजना अन्तर्गत २०२४ मा विभिन्न खेल गतिविधिहरूमा उत्कृष्ट उपलब्धि हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहित गर्न स्पोर्स्टस अवार्ड २०२४ आयोजना गर्ने जसमा उत्कृष्ट उपलब्धि हासिल गर्ने खेलाडीहरूलाई पुरस्कृत गर्ने जानकारी गराए। यसको निम्ति सबै पञ्जीकृत खेल संस्थाहरूले आगामी १० दिनभित्रमा आ -आफ्ना खेल संस्थाको उपलब्धि रिपोर्ट प्रकोष्ठ समक्ष बझाउन आवहान गर्दै सोही मुताबिक खेलाडीहरूलाई पुरस्कृत गरिने जानकारी गराए। पुरस्कार अन्तर्गत स्पोर्टस मेन एण्ड वुमेन अफ द इयर २०२४४, लाईफटाइम एचिभमेन्ट अवार्ड २०२४, नवोदित खेलाडीहरूलाई प्रोत्साहित गर्न हेतु पुस्कृत गर्नका साथै राज्यका उत्कृष्ट कोचहरूलाई पनि पुरस्कृत गरिने जानकारी गराइएको छ। यसैगरी क्लब अफ द इयर २०२४, टीम अफ द इयर, एसोसियसन अफ द इयर आदि पुरस्कार प्रदान गरिने जानकारी गराइएको छ। यस समन्वय सभालाई प्रकोष्ठका अध्यक्ष अध्यक्ष रिञ्जिङ छोपेल भोटिया र महासचिव निर्मल छेत्रीले पनि सम्बोधन गर्दै प्रकोष्ठको खेल परिवर्तन योजनाबारे प्रकाश पारेका थिए।

About Author

Advertisement