कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा सिभिक एक्सन प्रोग्राम एवम् मानव संसाधन विकास कार्यक्रम अन्तर्गत आज भारत भोटाङ सीमान्त जयगाउँ एक नम्बर ग्राम पञ्चायत अधीनस्थ पर्ने खोक्ला गोबरज्योति खेल मैदानमा गाउँका २० जना महिलाहरुलाई च्याउ खेतीको प्रशिक्षणको शुभारम्भ साथै गाउँले औ पशु चिकित्सा शिविर सम्पन्न गरिएको एसएसबी सुत्रले जनाएका छन।
आज उक्त शिविरमा एसएसबी जलपाईगुड़ी रेञ्जका डीआईजी परीक्षित बेहेरा मुख्यरुपले उपस्थित रहेको थियो भने विशिष्ट अतिथिमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलाल लगायत भेटेरेिनरी कमान्डेन्ट डा. देवाशीष त्रिपाठी, मेडिकल कमान्डेन्ट डा. आहुति सिंह, एसिस्टेन्ट कमान्डेन्ट हर्षित रत्ना, स्थानीय पञ्चायत सदस्य पवनबीर मोक्तान एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविर जाँचमा प्रायः २४२ जना गाउँलेहरुको उपचार औ औषधि वितरण गरिएको थियो भने प्रायः १३५९ वटा घरपालुवा पशुहरुको चिकित्सा पनि गरिएको थियो। उक्त शिविरमा उपस्थित एसएसबी जलपाईगुड़ी रेञ्जका डीआईजी परीक्षित बेहेरा औ कमान्डेन्ट मनोहरलालले गाउँलेहरुलाई आजादीको ७५ बर्षपूर्तिको उपलक्ष्यमा सबैले हर घर तिरंगा अन्तर्गत राष्ट्रिय झण्डा फहराउने आह्वान पनि गरेको थियो। यसबीच एसएसबी द्वारा आज खोक्ला बस्तीमा प्रायः १६२ वटा बिरुवाहरुको रोपण पनि गरेको थियो।










