एसएसबीद्वारा राष्ट्रिय झण्डा तिरंगा वितरण

0-1-13146da3-c270-411e-88dd-a4964f53469b

कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा हर घर तिरंगा कार्यक्रम सम्पन्न भइरहेको क्रममा बिहीबार एसएसबी नयाँ बस्ती बीओपी र सुन्तलाबारी बीओपीको पहलमा कालचिनी चोपति, चुवापाड़ा र अच्छापाड़ा चियाबारीमा प्रायः ११०० तिरंगा झण्डा वितरण गरिएको जनाएका छन्। सो अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको डेपुटी कमान्डेन्ट सोमेन राय लगायत एसएसबी ५३ वाहिनी नयाँ बस्ती, सुन्तलाबारी र खोक्ला बीओपीका निरीक्षकहरु एवम् कालचिनी विधायक विशाल लामा र भाटपाड़ा चियाबारीको सिनियर म्यानेजर एसके पाण्डे एवं अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement