एसएसबीद्वारा घरेलु पशुपालन जाँच शिविर सम्पन्न

00-1-IMG-20230510-WA0255

सुकेपोखरी: ३६ वाहिनी सशस्त्र सिमा बल एसएसबी गेजिङको तत्वधानमा सुकेपोखरी  खण्डअन्तर्गत सुकेपोखरी-सिमाना ग्राम पंचायतको मानेभञ्ज्याङ खेल मैदानमा मेडिकल सिभिक ऐक्सन प्रोग्राम अनि भेट्नरी सिभिक ऐक्सन प्रोग्रामअन्तर्गत स्वस्थ्य जाँच शिविर अनि घरेलु पशुपालन जाँच शिविर सम्पन्न गरियो। मानेभञ्ज्याङ सिमा चौकी अधिन पर्ने स्थानीय गाउँ बस्तीका स्थानीय मानिस अनि पशुपालन गर्ने परिवार उक्त शिविर मार्फत लाभान्वित बनेका छन्। ३६ वाहिनी एसएसबीका कमान्डेडन्ट दिनेश चन्द यादवको दिशानिर्देशमा आयोजित उक्त शिविरको उत्धाटन निरपेश कुमार डेपुटी कमान्डेडन्ट, खण्ड प्राणी विभागीय डा. शिवानी तामाङ, मानेभञ्ज्याङ उच्चतर माध्यमिक विद्यालयका शिक्षकहरू लगायत स्थानीय गाउँवसीको उपस्थिति रहेको थियो। प्रमुख अतिथि डेपुटी कमान्डेडन्ट निरपेश कुमारले एसएसबीले भारत नेपाल, भारत भुटान सिमा क्षेत्रका स्थानीय नागरिकहरूको निम्ति गरिरहेको कल्याणकारी कार्य, जनसेवा अनि बिकास कार्य बारे प्रकाश पारेर समय समय यसप्रकारको शिविर आयोजना गरेर जनसाधारणलाई थप सेवा दिरहेको बताए। एस एसबी का अन्य अधिकारीहरूले पनि शिविरमा एस एस बी गेजिङ मार्फत भइरहेको कार्य बारे स्थानिय नागरिकलाई अवगत गराएको जानकारी प्रेस विज्ञप्ति मार्फत दिएका छन्।

About Author

Advertisement