एसएसकेएममा भर्ती भए काकू, मिडियाकर्मीहरूमाथि बर्सिए

IMG-20230410-WA0169-11-300x172-15

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाट काकू उर्फ सुजय कृष्ण भद्रको स्वास्थ्य एकपल्ट फेरि बिग्रिएको छ। मंगलवार राति छाती दुखेपछि उनलाई कोलकाताको राजकीय एसएसकेएम अस्पतालमा भर्ती गरियो। तर, उनको वास्तवमा स्वास्थ्य खराब भएको थियो अथवा उनले ड्रामा गरिरहेका थिए भन्ने कुरा मिडियाकर्मीहरूको प्रश्नमा खुलासा भएको थियो।

राति जब उनलाई एम्बुलेन्समा हालेर अस्पताल ल्याइयो, उनको अनुहारमा अक्सीजन सप्लाईको निम्ति मास्क लागेको थियो। उनलाई प्रश्न गर्दा सानो स्वरमा छाती दुखिरहेकाले बोल्न नसक्ने बताएका थिए। तर, जब मिडियाकर्मीहरूले उनलाई सोमवारदेखि मंगलवार बिहानसम्म लिप्स एण्ड बान्ड्स कम्पनी, जहॉं उनी काम गर्थे, मा ईडीले छापा मारेको विषयमा प्रश्न गरे उनले अक्सीजन मास्क खोलेर गाली गर्न थाले। उनको राज खोलिएपछि एम्बुलेन्स चालक र त्यहॉं उपस्थित अन्य चिकित्सा कर्मीहरूले उनलाई तत्काल भित्र लिएर गए अनि भर्ती गरे। उल्लेखनीय छ, सोमवार ईडीले लिप्स एण्ड बान्ड्स कम्पनीको ठेगानासहित तीन ठाउॅंमा छापा मारेको थियो। १८ घण्टासम्म चलेको जॉंचपछि ईडीले महत्वपूर्ण तथ्यहरू हात लागेको दाबी गरेको छ।

-हिस

About Author

Advertisement