सिलगढी: सिलगढी नगरनिगम(एसएमसी) का चेयरम्यान गौतम देवले सिलगढी नगर निगमको पहलमा तथा उत्तर बंग विकास विभागको ४९ लाख ७८ हजार रुपैयाँको आर्थिक सहयोगमा नगर निगमअन्तर्गत वार्ड नम्बर ७ को रातो बत्ती क्षेत्रमा पक्की सडक तथा चेकर्ड टायल्स सडक स्तरोन्नति परियोजनाको कार्यको औपचारिक रूपमा शुभारम्भ गरे।
संजाल मार्फत प्राप्त जानकारी अनुसार गौतम देवले यस परियोजना अन्तर्गत उक्त क्षेत्रमा रहेको सडकलाई पक्की बनाउने र चेकर्ड टायल्स राखेर सडकको स्तर सुधार गर्ने योजना रहेको बताए साथै यसबाट स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गरे।
चेयरम्यान गौतम देवले नगर निगमका अनुसार उत्तर बंग विकास विभागबाट प्राप्त आर्थिक सहयोग मार्फत सञ्चालन हुने यस परियोजनाले क्षेत्रको आधारभूत पूर्वाधार सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताए साथै सडक सुधारपछि क्षेत्रको समग्र वातावरण र आवागमन व्यवस्था थप व्यवस्थित हुने अपेक्षा गरिएको छ भने।










