एसईई रिजल्टमा कोशी प्रदेशमै एभरेष्ट उत्कृष्ट भएको दावी

IMG-20240627-WA0214

झापा: मोरंगजिल्लाको :विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ। यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए।
ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ। यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको भाइस प्रिन्सिपल टिएन भण्डारीको दावी छ।

About Author

Advertisement