एसआईआर विषय लिएर भागोप्रमोद्वारा खरसाङ महकुमा शासकसित बैठक

IMG-20260106-WA0087

खरसाङ: पश्चिम बंगाल राज्यमा चलिरहेको मतदाता विशेष गहन पुनर्रीक्षण एसआईआर विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाको नेतृत्वमा भागोप्रमो‌ खरसाङको टोलीले खरसाङ महकुमा शासकसित सभा सम्पन्न गरेका छन्। विशेष गरी एसआईआरमा नाम छोडिएको अथवा छोडिएको नामकोे निम्ति हेयरिङमा उपस्थित हुन नसक्ने विशेष रूपमा भिजा लगाएर विदेशमा काम गर्नु जाने व्यक्तिहरु, शिक्षा अर्जन गर्न बाहिर गएका विद्यार्थीहरु लगायत स्वास्थ्य जाँच गराउन पहाड़देखि बाहिर हुने जनसाधारणकोे असुविधालाई ध्यानमा राखेर सहयोग पुर्याउन हेतु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिकोे पहलमा केन्द्रीय समितिका महासचिव अमर लामाकोे विशेष उपस्थितिमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादवसंग भेटघाट गरेर बैठक गरेका छन् जसमा उक्त सम्पूर्ण समस्याको समाधान हेतु जानकारी लिँदा उनले वर्तमानमा गम्भीर बिमारी मुख्य रूपमा क्यान्सरकोे चिकित्सा गर्नकोे निम्ति बाहिर हुने साथै जेलमा हुनेहरूको निम्ति चुनाव आयोगले एसआईआरकोे हियरिङमा छुट दिइएको र अन्यहरूका निम्ति भईरहेको समस्याकोे समाधानकोे निम्ति जानकारीसंगै सम्बन्धित विभागमा पत्राचार गरेकाे जानकारी दिएकी छन्। यस विषयमा भागोप्रमो केन्द्रीय समितिका महासचिव अमर लामाले यो एसआईआर प्रक्रियामा थुप्रै गुनासोहरु आईरहेको कारण सम्बन्धित अधिकारीसँग समाधानकोे निम्ति पहल गर्दै खरसाङ महकुमा शासकसंग भएको यो भेटघाटपछि भारतीय चुनाव आयोगद्वारा गरिरहेको एसआईआरमा कसैको नाम नकाटिन अथवा नछोडिन पार्टीको तर्फबाट काम गरिरहेको बताउँदै उप्रान्त भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सम्पूर्ण नेतृत्ववर्ग, प्रतिनिधि, कार्यकर्ताहरुले क्षमता अनुसार समस्या सुल्झाउन हेतु सहयोग गरिदिने अपील गरेका छन्। यसको साथै केन्द्रीय समिति महासचिवकाे आगमनमा खरसाङ टाउन कमिटीका प्यारेन्ट्स बडीको अगुवाइमा उनलाई स्वागत गर्दै स्थानीय रेलवे स्टेशनमा स्वागत गरेपछि टाउन कमिटी प्यारेन्ट्स बडी, नारी शक्ति अनि यूवा शक्तिका सदस्यहरुसंग पुनः खरसाङ महकुमा समिति कार्यालयमा सबैसँग परिचय साटे भने टाउन कमिटीद्वारा उनलाई खदा लाएर स्वागत गरियो। खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनद्वारा सञ्चालित यस औपचारिक भेटघाटमा टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले सभालाई सम्बोधन गरे भने केन्द्रिय समितिका महासचिव अमर लामाले धेरै अन्तरालपछि यसरी भेटघाट गर्नु पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा टाउन कमिटी प्यारेन्ट्स बडी नारी शक्ति अनि युवा शक्ति ले सयुक्त रुपमा कार्य गरेर संगठन लाई बनाउन को निम्ति महत्वपूर्ण सुझावहरु दिएका छन्। यस सम्पूर्ण कार्यक्रममा खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइली, टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा, महकुमा नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, टाउन कमिटी नारी शक्ति अध्यक्ष देवकी प्रधान सुब्बासंगै खरसाङ टाउन कमिटी प्यारेन्ट्स बडी, यूवा शक्तिका सम्पूर्ण नेतृत्व गण लगायत कार्यकारिणी सदस्यहरु उपस्थित थिए। पछिबाट खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले एसआईआरलाई लिएर आफुहरुले खरसाङ महकुमा शासकसित बैठक बसेको जानकारी गराउँदै एसआई प्रक्रिया साथै हेयरिङमा जनसाधारणलाई सहयोग गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट भरभग्दुर सहयोग गरिने बताएका छन्। उनले एसआईआर विषयमा जनसाधारणलाई नडराउने आह्वान् गर्दै कसैलाई केही समस्या परेमा पार्टीको पदाधिकारीहरु र कार्यकर्ताहरुलाई सम्पर्क गर्ने आह्वान् पनि गरेका छन्।

About Author

Advertisement