एसआईआर विषयमा वास्तविक कुरा बुझ्न भाजपाद्वारा महकुमा शासकसित भेट

IMG-20260305-WA0090

खरसाङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको एक प्रतिनिधि मण्डलले बिहीबार खरसाङ महकुमा शासकसित भेट गरी वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संसोधन एसआईआरको सूची सम्बन्धी विषयमा एक ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा विशेष गरी मतदाता नामावलीबाट नाम हटाइएको तथा न्यायिक जाँचको प्रक्रियामा (अण्डर एडजुडिकेशन) मा राखिएका विषयमा ध्यानाकर्षण गराइएको जानकारी प्राप्त भएको छ। भाजपा प्रतिनिधि मण्डलले एसआईआर सम्बन्धमा धेरै वास्तविक तथा योग्य मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको वा न्यायिक जाँचको प्रक्रियामा राखिएको विषयले जनतामाझ अन्योल र चिन्ता उत्पन्न गरेको उल्लेख गर्दै यस विषयमा प्रशासनले गम्भीरतापूर्वक छानबीन गर्नुपर्ने माग गरेको छ।
ज्ञापन पत्रमार्फत सम्बन्धित अधिकारीहरूलाई मतदाता सूचीको पारदर्शी रूपमा पुनः जाँच गरी वास्तविक मतदाताहरूलाई कुनै प्रकारको अन्याय वा असुविधा नहोस् भन्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ। यस टोलीमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, महासचिव सोनाम लामा, सचिव निरज थापा, बिनय प्रसाद, श्याम बस्नेत, बीएलए रोमा ठटाल, पञ्चायत समिति सदस्या एंव भाजपा खरसाङ गिद्द पहाड मण्डल सभापति दिक्षा तामाङ, मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। यस विषयमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएपछि बाहिर आएर पत्रकारहरुसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला महासचिव सोनाम लामाले विस्तृत रुपमा जानकारी गराउँदै
भाजपा दार्जिलिङ जिल्ला समितिले जनताको अधिकार र समस्याका विषयमा सदैव आवाज उठाइरहने तथा प्रभावित नागरिकहरूलाई न्याय दिलाउन निरन्तर प्रयास गरिरहने बताएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, एसआईआरलाई लिएर भ्रम फैलाउने काम भइरहेको छ र यस विषयमा वास्तविक कुरा बुझ्न एईआरओसित भेटघाट गर्नलाई आएका थियौँ। यस विषयमा प्राप्त जानकारी अनुसार (अण्डर एडजुडिकेशन) न्यायिक जाँचको प्रक्रियामा रहेको सबै जर्जको हातमा पुगेको र उहाँहरुले नै निर्णय गर्ने भएका छन्।’
महासचिव सोनाम लामाले एसआईआरमा खरसाङ महकुमामा जम्मा २ लाख २१ हजार २३५ मा १ हजार ४७५ डिलिट भएको र १४ हजार ५३४ जनाको अण्डर एडजुडिकेशन न्यायिक जाँचको प्रक्रियामा रहेको जानकारी गराएका छन्। उनले डिलिट भएकाहरुको कतिजनाको सुनवाईमा नआएको र डकुमेन्टहरु पनि नआएको जानकारी प्राप्त भएको बताए। यस विषयमा उनले जसकोमा भ्यालिट अथवा सठीक कागज पत्रहरु छन् उनीहरुलाई हामी सहयोग गर्न तयार रहेको बताएका छन्‌। लामाले एसआईआरलाई लिएर भ्रम फैलाउने काम नभएको होस् भन्दै यस विषयमा सबैले आफ्नो कागज पत्रको साथमा आईदिने र आफुहरु सहयोग गर्न तयार रहेको बताएका छन्‌।

About Author

Advertisement