एसआईआरमा नाम डिलिट भएपछि मानिसहरूमा असन्तुष्टि

IMG-20260329-WA0083

एसआईआरमा‌ काम गर्ने ग्राम पञ्चायतकी कार्यकरी सहायक रहेकी सरकारी अधिकारीको नाम पनि डिलिट

खरसाङ: मतदाता विशेष गहन पुनर्रीक्षण एसआईआर विषयलाई लिएर आज केही पिढीत व्यक्ति बिशेषहरुले पत्रकार सम्मेलन गरेर मतदाता सूचीबाट आफ्नो नाम काटिएको कुरालाई लिएर आ आफ्नो पक्ष राखेका छन्। उनीहरुले यस विषयमा केन्द्रीय गृहमन्त्रीदेखि लिएर दार्जिलिङका सांसद राजु विष्ट, वर्तमान गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा लगायत सबै पार्टीका नेताहरुलाई पनि उनीहरुको अघि उँभिदिएर न्याय दिलाई दिने अपिल गरेका छन्। आफ्नो पक्ष राख्ने क्रममा खरसाङका एक परिचित व्यक्ति, सामाजिक कार्यकर्ता फिरोज अख्तर उर्फ बब्लुले केवल खरसाङ नगरपालिकाका २० वटा वार्डहरुबाट मात्र ४७३ जनाको नाम काटिएको जानकारी राख्दै के यी सबै बंगलादेशी रोहिंगाहरु हुन् त भन्दै प्रश्न तेर्साएका छन् l आफुले कोविड महामारीको समयमा कागजपत्रविहीनहरुको निम्ति आवाज उठाई कोविड टिकाकरण गरिदिएको अनि यस एसआईआर अवधि विभिन्न बुजुर्ग व्यक्तिहरुलाई स्वयम् गाडीमा लगेर फारमहरु भराई दिएको तर भोटर लिस्ट निस्किन्दा आफ्नै नाम डिलिट भएको देख्दा आश्चर्य लागेको बताए। यसो हुँदा हामी डिलिट हुनेहरुप्रति ठूलो प्रश्न उठेको छ। उनले भने, ‘के तिमी भारतीय हो भन्ने? एसआईआरमाथि हाम्रो कुनै विरोध छैन, बरु हाम्रो पूर्ण समर्थन छ तर जसरी हतार हतार यो गरियो। त्यसको पीरमा कसैले आत्महत्या गरे त्यसको जिम्मा कसले लिन्छ भनि फिरोज अख्तरले प्रश्न उठाएका छन्। यसको साथै उनले सोमबारको दिन यही बिषयलाई लिएर खरसाङ महकुमा शासकलाई भेट्ने एउटा कार्यक्रम बिहान ११ बजी रहेको जानकारी दिँदै सोमवार सबै पिडितहरु अनि खरसाङ विधानसभाका‌सबै प्रार्थीहरुलाई आईदिने अपिल गर्दै एसआईआरद्वारा खोसिएको स्वाभिमानलाई फर्काइ दिने निवेदन पनि गरेका छन्। यसरी नै खरसाङ नगरपालिकाको वार्ड नम्बर ११ का पूर्व नगरपार्षद, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका पूर्व बीओए सदस्या अनि आकाशवाणी खरसाङमा एक उद्घोषिकाको रुपमा ३२ वर्ष सेवा दिई अवकाश ग्रहण गरेकी जैतुन निशा हुसेन उर्फ शशीको नाम पनि डिलिट हुँदा आफू स्वयं अचम्भित भएको जैतुन निशा हुसेन उर्फ शशीले बताएकी छन्।‌ उनले आफूसित सबै चाहिएको कागजपत्र रहेको तर पनि आफ्नो नाम डिलिट हुनु मेरो लागि एउटा ठूलो पीढा रहेको बताईन। बाजे पुर्खादेखि हामी यहाँ बसोबासो गर्दै आएको, जन्म नै यही भएको फेरि आज किन चैं यसरी हाम्रो नाम काटियो भनी प्रश्न गर्दै जैतुन निशा हुसेनले यी सबै समस्याहरुको समाधानको निम्ति दार्जीलिङका सांसद राजु विष्ट अघि आउने पर्ने बताएकी छन्। भाजपालाई पहाडवासीले २० वर्षदेखि जिताएर आएको छ, तर आज तिनै पहाडवासीको नाम भोटर लिस्टबाट डिलिट हुँदा तिनीहरु किन बोल्दैन?. हामीलाई फारम ६ भर्नु भन्दैछ, तर त्यो त नयाँ भोटरहरुको लागी हो र पछि सरकारले फेरि एनआरसी लागु गरे २०२६ को नयाँ भोटर भनी फेरि हामीलाई यहाँबाट लेखेट्नदैन भनी उनले प्रश्न तेर्साएका छन्। दार्जीलिङका सांसद राजु विष्टले आफ्नो वचन अनुसार डिलिट हुनेहरुको लागि केहि ठोस पहल गरिदिनु पर्ने र आगामी २३ तारीख हुने विधानसभा चुनावमा हामी सबैलाई भोट हाल्ने अधिकार दिलाउनु पर्ने नत्र हामी सडकमा उत्रिनु बाध्य हुन्छौं भनी जैतुन निशा हुसेनले बताएकी छन्। अर्कोतिर एसआईआर प्रक्रियामा आफ्नो सेवा पुराएकी एक सरकारी कर्मचारी, खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतकी कार्यकरी सहायक मोना स्याङदेन खानको पनि नाम भोटर लिस्टदेखि डिलिट भएको जानकारी प्राप्त भएको छ‌ आफू एक सरकारी कर्मचारी अनि यस प्रक्रियामा आफ्नो अधिन ६ वटा ब्लक परेको अनि एक सुपरभाइजर भएर उनी अनि सबै बीएलओहरुले निष्ठापूर्वक काम गरेको बताउँदै मोना स्याङदेन खानले यो जुन एसआईआर प्रक्रियाको कार्य गरियो त्यो एकदमै हतार हतार अनि भएन घरि घरि अनलाइन फारम भर्ने प्रक्रिया परिवर्तन हुँदा बीएलओहरुलाई पनि धेरै चाप परेको किनकी एक दिनको ट्रेनिंग गरेर मात्र उनीहरुले काम गरेको उनले बताईन। मोना स्याङ्देन खानले बताए अनुसार उनका बाबु एक अवकाशप्राप्त ब्रिटिश आर्मी थिए अनि पछि आएर उनले केन्द्र सरकारको अधीन एसआईबीमा कार्य गरेर अवकाश ग्रहण गरे अनि २०१९ मा उनको निधन भयो। उनका बाबु बुद्धिस्ट थिए आमा हिन्दु अनि आज उनले एक इस्लाम धर्मका युवकसित विवाह गरेकी छन्। त्यस्तै प्रकारले उनी ३२ वर्षदेखि सरकारी काममा कार्यरत छन्। यतिको हुँदा पनि मेरो नाम डिलिट भएको छ। यदि म जस्तो व्यक्तिको नाम त डिलिट भएको छ भने अझैं धेरै व्यक्तिहरुको पनि नाम भोटर लिस्टबाट डिलिट भएको छ, जसलाई आफ्नो नाम डिलिट भयो भनेर थाहा पनि छैन। यो सिस्टमको नै गल्ति हो भनी बताउँदै मोना स्याङदेन खानले यस परस्थितिमा कसैले राजनीति नगरिदिने, मानिसहरुलाई केवल भोट ब्यांक मात्र नसम्झिदिने अपिल गर्दै यस विषम स्थितिमा मानिसहरुको लागि काम गरिदिए घर घर गइ भोट मांगिरहनु नपर्ने भनी बताएकी छन् l

About Author

Advertisement