एसआईआरमा चियाबारीको रेकर्ड मान्य भएकोमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा आभार प्रकट

IMG-20260111-WA0058

खरसाङ: मतदाता विशेष गहन संसोधन एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको तर्फबाट चुनाव आयोग र सरकारलाई धन्यवाद दिएका छन्।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएको जानकारी गराएका छन् ‌। उनले आफुहरुलाई महकुमा शासक र खण्ड विकासबाट एसआईआरमा चियाबारी क्षेत्रमा रहेका मतदाताहरुका लागि चियाबारीको रेकर्ड प्रयोग गर्न सकिने भएको जानकारी गराएको बताएका छन्‌। उनले चियाबारी क्षेत्रमा रहेका मतदाताहरुको जन्म प्रमाण पत्र र माध्यमिक दिने एडमिन नहुने हुनाले धेरै समस्या हुने भएकोले यस बिषयमा चुनाव आयोगले चियाबारीको रेकर्डलाई मान्यता दिएको जानकारी गराएका छन्। उनले भने, मातदाता विशेष गहन संसोधन एसआईआरमा चियाबारी क्षेत्रमा कार्यरत् श्रमिकहरु र अवकाशप्राप्त श्रमिकहरुको चियाबारी काम गरेको पुरानो रेकर्ड हुने गरेको र विशेष गरेर पीएफमा सबैको नाम, काम जोइन गरेको समय र प्रत्येकको आफ्नोे प्रोफाइल हुने भएकोले सबैले उक्त पीएफको प्रोफाइल आफ्नो आफ्नो चियाबारीको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। सागर गुरुङले भने, ‘कानले काग लग्यो भन्दैमा दगुर्ने होइन तर सचेत भएर काम गर्नुपर्छ। सबैले आफ्नो आफ्नो चियाबारीको कार्यालयबाट पीएफको प्रोफाइल लिएर बुझाउन सकिने किनभने त्यसमा नाम, चियाबारीमा काम जोइन गरेको समय, जन्म र ठेगाना हुने भएकोले राम्रो हुन्छ।’

About Author

Advertisement