एसआईआरको सूचीबाट नामडिलिट हुनेहरुले फारम ६ नभर्नु तर १५ दिनभित्रमा अपिल गर्नुपर्छ: एसपी शर्मा

IMG-20260330-WA0109

खरसाङ: एसआईआरको सूचीबाट नाम डिलिट हुनेहरुले फारम ६ नभर्नु तर १५ दिनभित्रमा अपिल गर्नुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता एवं जीटीएको पीआरओ एसपी शर्माले बताएका छन्। उनले खरसाङमा‌ पत्रकारहरुलाई सम्बोधन गर्दै मतदाता विशेष गहन संसोधन एसआईआरको सूचीबाट जस जसको नाम डिलिट भएको छ, उनीहरुले फारम ६ नभर्नु तर १५ दिनभित्रमा अपिल गर्नुपर्छ भनी बताए। उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, ‘देशको सर्वोच्च न्यायालय र चुनाव आयोगले पनि डिलिट हुनेहरुले फारम ५ नभर्नु तर १५ दिनभित्रमा अपिल गर्नु भनी उल्लेख गरेका छन्। देशको सर्वोच्च न्यायालयको निर्देशन अनुसार नै डिलिट हुनेहरुले १५ दिनभित्रमा अपिल गर्नुपर्छ। यो अपिल आफ्नो मोबाइलबाट पनि गर्न सकिन्छ।’
उनले फारम ६ नभर्नु किनभने फारम ६ नयाँ भोटरहरुका लागि हो। नयाँ भोटर भएपछि मानिस नयाँ हुन्छ र काग पत्र सबै नयाँ बनिन्छ अनि एसआईआर भविष्यमा पनि हुन्छ अनि तेतिबेला फेरि समस्या हुन्छ।‌ त्यसैले सबैले‌ अपिल गरेर पुरानो भोटर कार्ड नै प्राप्त गरेको राम्रो हुन्छ। त्यसैले एसआईआरबाट डिलिट भएकाहरुले फारम ६ नभर्नु तर १५ दिनभित्रमा अपिल गर्नुपर्छ।’

About Author

Advertisement