एसआईआरको सुनवाईमा भागोप्रमोद्वारा सहयोग जारी

IMG-20260130-WA0068

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक खरसाङ मोर्चा टाउन कमिटीका सदस्यहरूले निरन्तरता राख्दै खरसाङ वरिपरिका जनसाधारणलाई वर्तमानमा चलिरहेको मतदाता गहन पुनः निरीक्षण एसआईआरको सुनवाई प्रक्रियामा‌ सहयोग पुराएका छन्। यस प्रक्रियामा सहयोग पुर्याउन हेतु खरसाङ महकुमा कार्यालयमा नगरपालिका क्षेत्रका चुनाव प्रभारी तथा नारी शक्ति खरसाङ महकुमा समितिका अध्यक्षा सबिता कार्की, खरसाङ टाउन कमिटी का उपाध्यक्ष सन्तोष परी, मूल सचिव बीरबल पाखरिन अनि सह प्रचार प्रसार सचिव रबि तोलाङ्गी उपस्थित थिए।

यसरी एसआईआरकाे सुनवाई प्रक्रियामा जन साधारणलाई फसरम भर्नु,पत्र लेख्नु, कागज पत्र मिलाउनु साथै जानकारीकोे अभावमा धेरै नै असुविधा भोगिरहेका सबै कुरालाई ध्यानमा राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको परामर्श अनुसार पार्टीको पक्षबाट महकुमा कार्यालय परिसरमा उपस्थित रहेर सत्ताधारी पार्टीकोे जन साधारणप्रतिको जिम्मेवारीलाई ध्यानमा राखी कार्य गरेकोमा मुख्य रुपमा खरसाङ क्षेत्रदेखि बाहिरबाट सुनवाईमा आउने मानिसहरूले यसरी विभिन्न सुनवाई स्थानहरूमा पार्टीगत हेल्प डेस्क राखि दिएकोमा धन्यवाद दिएका छन्।

About Author

Advertisement