दार्जिलिङ: एसआईआरको कारणले धेरैको नाम काटिनाले भोटमा असरभन्दा पनि मेरो मान्छेलाई ठूलो घात परेको छ भनी अनित थापाले बताएका छन्। एसआईआर विषयमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै जीटीए प्रमुख अनित थापाले उक्त कुरा बताएका छन्। उनले यस विषयमा भने, ‘एसआईआरको कारणले भोटर लिस्टमा नाम काटिनुले भोट नै हाल्नु पाउँदैन। यसले मतदातामाथि असर त पर्छ नै। धेरै मान्छेको नाम काटिएको छ। नाम काटिनाले भोटमा असरभन्दा पनि मेरो मान्छेलाई ठूलो घात परेको छ। यसले ठूलो समस्या आउनेछ।’
उनले अघि भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीले जित्नुको निम्ति चुनाउमा लड्छ। कसैले आफै हार्नु अरूलाई उठाउँछ?’









