एशिया कपः भारत-पाक म्याचको निम्ति रिजर्भ डे

IMG-20230909-WA0110.jpg

९ सेप्टेम्बरः मौसमको मिजासलाई ध्यानमा राखेर एशियाई क्रिकेट परिषद (एसीसी)-ले भारत र पाकिस्तानबीच आइतवार कोलम्बोमा खेलिने एशिया कपको सुपर फोर म्याचको निम्ति रिजर्भ डे राख्ने फसेला गरेको छ। अर्थात, वर्षाले गर्दा आइतवार म्याच हुन नसके सोमवार म्याच खेलाइनेछ। श्रीलंकामा हुने सुपर फोर चरणमा अन्य म्याचहरूका निम्ति चाहिँ रिजर्भ डे राखिएको छैन। एसीसी-द्वारा जारी बयानमा भनिएको छ, भारत र पाकिस्तानबीच कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय स्टेडियममा १० सेप्टेम्बरमा हुने एशिया कप सुपर फोर म्याचको निम्ति रिजर्भ डे राखिएको छ। खराब मौसमले गर्दा म्याच रोकिए ११ सेप्टेम्बरमा म्याच त्यहीँबाट शुरु हुनेछ, जहाँ रोकिएको थियो। एशिया कपको फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। फाइनलको निम्ति चाहिँ रिजर्भ डे-को अगावै घोषणा गरिएको थियो। उल्लेखनीय छ, यसअघि लीग चरणमा भारत र पाकिस्तानबीच म्याच वर्षाले गर्दा रद्द गरिएको थियो।

About Author

Advertisement