नयाँ दिल्ली: भारतीय एथलेटिक्सलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाउने एशियाई खेलहरूका स्वर्ण पदक विजेता तथा राष्ट्रिय रेकर्डधारी मध्यम दूरीका धावक जिनसन जनसनले बुधवार सन्न्यासको घोषणा गरे। ३४ वर्षीय केरलका यस एथलीटले १५ सालको लामो करियरपछि खेललाई अलविदा जनाउँदै अब उनको जीवनमा नयाँ केही शुरु गर्ने समय आएको बताएका छन्। जनसनले सोशल मीडियामा आफ्नो सन्न्यासको घोषणा गर्दै लेखेका छन्, कलकत्ताबाट एउटा सपना देख्ने युवाको रूपमा शुरु भएको यो यात्रा हांगझोउ एशियन गेम्सको पोडियमसम्म पुग्यो। धन्यवाद एथलेटिक्स। केही यात्राहरू मीटर र सेकेण्डमा नापिन्छ अनि केहीलाई आँशुहरू, त्याग, विश्वास र ती मानिसहरूबाट, जसले तपाईंलाई कहिले लड़्न दिएनन्। जिनसन जनसनको करियरको सबैभन्दा यादगार साल २०१८ रह्यो। उनले जकार्ता एशियन गेम्समा १५०० मीटरको दौड़मा स्वर्ण पदक जिते। उनले केवल ३ मिनट र ४४.७२ सेकेण्डमा दौड़ पूरा गरे। उनले ८०० मीटरको दौड़मा पनि रजत पदक जितेका थिए। त्यही साल उनले गुवाहाटीमा आयोजित नेशनल इण्टर स्टेट च्याम्पियनशीपमा दिग्गज श्रीराम सिंहको ४२ साल पुरानो ८०० मीटरको राष्ट्रिय रेकर्ड तोड़ेका थिए। २०१८ कमनवेल्थ गेम्स (गोल्ड कोस्ट)-मा उनले १५०० मीटरमा ३ मिनट ३७.८६ सेकेण्डको समय निकालेर बहादुर प्रसादको २३ साल पुरानो राष्ट्रिय रेकर्ड तोड़ेका थिए। उनले २०१९-मा बर्लिन मीटमा ३ मिनट ३५.२४ सेकेण्डको समय निकालेर आफ्नै रेकर्डमा सुधार गरेका थिए। आफ्नो करियरबारे कुरा गर्दै जनसनले भने, २ वटा राष्ट्रिय रेकर्ड तोड़्नु अनि भारतीय एथलेटिक्समा योगदान दिनु मेरो जीवनको सबैभन्दा गर्वको क्षण रह्यो। २०१९-मा कोभिड–१९ र गम्भीर एचिलीज टेण्डन चोटले उनको करियरलाई ठूलो झट्का लाग्यो। तीन सालसम्म संघर्ष अनि रिकभरीपछि उनले २०२३ हांगझोउ एशियन गेम्समा १५०० मीटरको काँस्य पदकको साथ असाधारण पुनरागमन गरे। त्यही उनको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अन्तिम दौड़ साबित भयो। जनसनले आफ्ना प्रशिक्षक, साथी खेलाड़ीहरू, सरकार र एथलेटिक्स फेडरेशन अव् इण्डिया (एएफआई)-लाई धन्यवाद दिँदै भने, यो यात्रा म एक्लोको थिएन। पर्दा पछि काम गर्ने हरेक व्यक्तिलाई मनबाट धन्यवाद।










