एशियाई खेलहरूमा स्वर्ण पदक रक्षा गर्न ओर्लिने भारतीय पुरुष र महिला क्रिकेट टोली

IMG-20260907-WA0061

नयाँ दिल्ली: हांगझोऊ एशियाई खेलहरू २०२३-मा क्रिकेट मैदानमा भारतले आफ्नो धाक देखाएको थियो। त्यस समय भारतीय पुरुष र महिला दुवै टोलीले स्वर्ण पदक जितेको थियो। अब २०२६-मा टीम इण्डिया फेरि त्यही सफलतालाई दोहोऱ्याउने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ तर यसपाली तस्वीर सामान्य बदलिएको छ। चार सालमा पुरुष टोलीमा व्यापक फेरबदल भएको छ जबकि महिला टोली अपेक्षाकृत अधिक स्थिर देखिएको छ। चार साल अघि भारतीय पुरुष टोलीले रुतुराज गायकवाड़को कप्तानीमा एशियाई खेलहरूमा हिस्सा लिएको थियो। यसपाली श्रेयस अय्यर टोलीका कप्तान हुनेछन्। यसरी यसपाली टोलीको कप्तान मात्र नभएर ठूलो हिस्सा नै बदलिएको छ। साल २०२३-मा स्वर्ण पदक जित्ने भारतीय पुरुष टोलीका केवल ५ जना खेलाड़ी यसपाली टोलीमा रहेका छन् जबकि १० जनालाई बाहिर गरिेको छ। एशियाई खेलहरू २०२६-को टोलीमा अनुभव र युवा जोशको मिश्रण रहेको छ। चार साल अघि रुतुराज, यशस्वी जयसवाल र रिंकू सिंह जस्ता नामहरू थिए भने यसपाली श्रेयस अय्यर र वैभव सूर्यवंशी जस्ता युवा खेलाड़ी सामेल छन्। सबैभन्दा खास कुरा बलिंग विभागमा रहेको छ। जसप्रीत बुमराह र वरुण चक्रवर्तीलाई सामेल गरिएपछि बलिंग आक्रमणमा अलग थरीको अनुभव र विविधता देखिएको छ। यसरी अक्षर पटेल, अभिषेक शर्मा र नीतीश कुमार रेड्डीको रूपमा अलराउण्ड विकल्प बढ़ेको छ। एशियाई खेलहरू २०२३-को क्वार्टर फाइनलमा भारतले नेपाललाई २३ रनले पराजित गरेको थियो। त्यसपछि सेमिफाइनलमा बंग्लादेशलाई ९ विकेटले पराजित गरी भारतले फाइनलमा स्थान बनाएको थियो। फाइनलमा प्रतिद्वन्द्वीको रूपमा अफगानिस्तान रहेको थियो। अफगानिस्तानले १८.२ ओभरमा ५ विकेटमा ११२ रन बनाएको थियो तर वर्षाले गर्दा खेल रोकियो अनि म्याच अनिर्णीत रह्यो। त्यसपछि उच्च वरीयता प्राप्त टोली भएको हुनाले भारतलाई स्वर्ण पदक दिइएको थियो। अफगानिस्तानले रजत र बंग्लादेशले काँस्य पदक जितेको थियो। यसपाली जापानको आइची-नागोयामा हुने एशियाई खेलहरूमा भारतीय पुरुष टोलीले सीधै क्वार्टर फाइनलबाट अभियान शुरु गर्नेछ। म्याच २८ सेप्टेम्बरमा निसिनको कोरोगी स्पोर्टस पार्कमा खेलिनेछ।
एशियाई खेलहरू २०२६-को निम्ति भारतीय पुरुष क्रिकेट टोलीः
ब्याटरः श्रेयस अय्यर, तिलक वर्मा, वैभव सूर्यवंशी।
अलराउण्डरः अभिषेक शर्मा, नीतीश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर।
विकेटकीपरः सञ्जू सेमसन, ईशान किशन।
बलरः रवि बिश्नोई, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती।
भारतीय महिला क्रिकेट टोलीमा पनि २०२३-को तुलनामा बदलाउ रहेको छ तर पुरुष टोलीको तुलनामा अधिक निरन्तरता देखिएको छ। चार साल अघिको टोलीबाट केवल ६ जना खेलाड़ी २०२६-को टोलीमा रहेकी छन्। यसपाली १४ सदस्यीय टोलीको चयन गरिएको छ, जुन गतपल्टको तुलनामा एकजना खेलाड़ी कम्ती हो। महिला टोलीको सबैभन्दा ठूलो विशेषता नै मजबूत शीर्ष क्रम हो, जसमा अधिक फेरबदल गरिएको छैन। स्मृति मन्धना, शेफाली वर्मा र जेमिमा रोड्रिग्स २०२३-को टोलीमा पनि रहेकी थिइन्। यसबाहेक कप्तान हरमनप्रीत कौर र अलराउण्डर दीप्ति शर्मा पनि टोलीमा कायम छिन्। विकेटकीपर रिचा घोष पनि २०२३-देखि २०२६-सम्म टोलीको हिस्सा रहेकी छन्। यसरी महिला टोलीमा बदलाउ मुख्य रूपले टोलीको दोस्रो हिस्सामा भएको छ। बलिंग विभागमा २०२६-को टोलीमा रेणुका सिंह ठाकुर, राधा यादव, श्री चरणी र क्रान्ति गौड़ जस्ता विकल्प रहेको छ। यसरी विकेटकीपिंगमा गुनालन कमलिनी नयाँ नाम हो। साल २०२३-मा महिला टोलीले क्वार्टर फाइनलमा मलेशियालाई पराजित गरेको थियो। त्यसपछि भारतले सेमिफाइनलमा बंग्लादेशलाई ८ विकेटले पराजित गरेको थियो। फाइनलमा भारतको भिड़न्त श्रीलंकासँग भएको थियो। भारतले १९ रनले जीत हासिल गरी स्वर्ण पदक जितेको थियो। भारतले फाइनलमा २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो जबकि श्रीलंकाले ८ विकेट गुमाएर ९७ रन मात्र बनाउन सकेको थियो। पुरुष टोलीले जस्तै महिला टोलीले पनि एशियाई खेलहरू २०२६-मा सीधै क्वार्टर फाइनलबाट अभियान शुरु गर्नेछ। भारतले १७ सेप्टेम्बरमा खेलिने पहिलो क्वार्टर फाइनलमा आयोजक जापानको सामना गर्नेछ।
एशियाई खेलहरू २०२६-को निम्ति भारतीय महिला क्रिकेट टोलीः
ब्याटरः स्मृति मन्धाना, शेफाली वर्मा, जेमिमा रोड्रिग्स, भारती फुलमाली।
अलराउण्डरः हरमनप्रीत कौर, दीप्ति शर्मा, अरुन्धति रेड्डी।
विकेटकीपरः रिचा घोष, गुनालन कमलिनी।
बलरः श्री चरणी, रेणुका सिंह ठाकुर, क्रान्ति गौड़, राधा यादव, नन्दानी शर्मा।

About Author

Advertisement