एशियाई खेलहरूमा लगातार दोस्रोपल्ट स्वर्ण पदक जित्न सफल भारतीय महिला कबड्डी टोली

IMG-20260926-WA0050

नयाँ दिल्ली: भारतीय महिला कबड्डी टोलीले एशियाई खेलहरूमा लगातार दोस्रोपल्ट स्वर्ण पदक जित्यो। फाइनलमा भारतले दोस्रो हाफमा असाधारण पुनरागमन गर्दै ईरानलाई ३७-३४-ले पराजित गऱ्यो। भारतीय टोलीले यसअघि हांगझोउ एशियाई खेलहरूमा पनि स्वर्ण पदक जितेको थियो। भारत र ईरानबीच एशियाडमा यो तेस्रो फाइनल थियो, जसमा दुईपल्ट भारतीय टोलीले जीत दर्ता गरेको छ। भारतीय टोलीले आइची-नागोया एशियाई खेलहरू २०२६-मा शुरुदेखि नै असाधारण प्रदर्शन गऱ्यो अनि अजेय रहेर आफ्नो स्वर्ण पदक रक्षा गऱ्यो। भारत र ईरानबीच यसअघि ग्रुप चरणमा पनि भिड़न्त भएको थियो। त्यस समय भारतले म्याच ३७-२३-ले जितेको थियो। शनिवार खेलिएको फाइनलको शुरुवातमा दुई टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा देखियो अनि एक समय स्कोर ८-८-को बराबरीमा थियो। त्यसपछि चाहिँ भारतीय टोलीले बढ़त बनाउन शुरु गऱ्यो अनि स्कोर पहिला १५-१० अनि पछिबाट २२-१६ पुऱ्यायो। अन्तिम चरणमा ईरानले पुनरागमन गर्ने भरपूर कोशिश गरे पनि भारतले ३७-३४-को स्कोरसहित म्याच र स्वर्ण पदक जित्यो। उल्लेखनीय छ, एशियाई खेलहरूको कबड्डीमा भारतको शुुरुदेखि नै वर्चस्व रहेको छ। चाहे त्यो महिला कबड्डी होस् या पुरुष, भारतले एशियाई खेलहरूमा सदा कुनै न कुनै पदक जितेको छ। एशियाई खेलहरूमा महिला कबड्डीलाई २०१०-मा सामेल गरिएको थियो। पुरुष कबड्डी १९९०-देखि एशियाई खेलहरूको हिस्सा रहेको छ। २०१०-देखि अहिलेसम्म १६ सालमा पाँचवटा एशियाई खेलहरू भइसकेको छ। २०१०-मा ग्वांगझू, २०१४-मा इञ्चियोन, २०१८-मा जकार्ता-पालेमबांग र २०२२-मा हांगझोउमा एशियाई खेलहरूको आयोजन भएको थियो। यी ५ एशियाई खेलहरूमा भारतले महिला कबड्डीमा ४ वटा स्वर्ण पदक (२०१०, २०१४, २०२२ र २०२६) जितेको छ। एकपल्ट चाहिँ भारतलाई रजत पदक (२०१८, फाइनलमा ईरानविरुद्ध हार) हासिल भएको थियो। पुरुष कबड्डीको कुरा गर्दा १९९०-देखि अहिलेसम्म १० वटा एशियाई खेलहरू भएको छ। यसमा भारतीय पुरुष टोलीले ९ पल्ट स्वर्ण पदक जितेको छ। केवल २०१८-मा ईरानले स्वर्ण पदक जितेको थियो। त्यस समय भारत चौथो स्थानमा रहेको थियो। ईरानले २०१८-को फाइनलमा दक्षिण कोरियालाई पराजित गरेको थियो। यसरी समग्रमा भारतीय महिला र पुरुष कबड्डी टोलीले एशियाई खेलहरूमा १२ वटा स्वर्ण, एउटा रजत र एउटा काँस्य पदक जितेको छ।

About Author

Advertisement