नयाँ दिल्ली: भारतीय भारोत्तोलक तथा ओलम्पिक पदक विजेता मीराबाई चानू जापानको आइची-नागोयामा हुने आउँदो एशियाई खेलहरूमा ओलम्पिक जस्तो चुनौतीको निम्ति तयार छिन्, जहाँ उनले चीन, उत्तर कोरिया र थाईल्याण्डकी शीर्ष खेलाड़ीहरूबाट चुनौतीको सामना गर्नु पर्नेछ। भारतकी यस ३२ वर्षीय खेलाड़ीले विश्व स्तरमा लगभग प्रत्येक पदक जितेकी छन्, जसमा २०२० टोक्यो ओलम्पिकमा जितेको रजक पदक पनि सामेल छ तर उनले एशियाई खेलहरूमा चाहिँ अहिलेसम्म पदक जित्न सकेकी छैनन्। मीराबाईले हालै ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा लगातार तेस्रो स्वर्ण पदक जितेकी थिइन्। मीराबाईले १९ सेप्टेम्बरदेखि शुरु हुने एशियाई खेलहरू अघि साई (भारतीय खेल प्राधिकरण) केन्द्रबाट भनिन्, राष्ट्रमण्डल खेलहरूमा मेरो निम्ति प्रतिस्पर्धा कठिन थिएन। ग्लास्गोमा मैले अधिक मेहनत गर्नु परेन तर असली परीक्षा अब हुनेछ। जापानमा कति अघिसम्म जान सक्नेछु भन्ने म हेर्न चाहन्छु। एशियाई खेलहरू मेरो निम्ति सबैभन्दा कठिन रहेको छ। यसपाली एशियाई खेलहरूमा शायद ओलम्पिक जस्तो प्रतिस्पर्धा देख्न पाइनेछ कारण मेरो भार वर्गमा सबैभन्दा मजबूत भारोत्तोलक एशियाबाट नै रहेकी छन्।
एशियाई खेलहरूमा मीराबाईकी सर्वश्रेष्ठ प्रदर्शन २०२३-मा हांगझोऊमा रह्यो, जहाँ उनले ४९ किग्रा वर्गमा चौथो स्थान हासिल गरेकी थिइन्। यसरी चोटले गर्दा उनले २०१८ जकार्ता एशियाई खेलहरूमा हिस्सा लिन सकिनन्। एशियाई खेलहरूमा पहिलो पदक जित्न सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्ने कुरा मीराबाईलाई थाहा छ। यसैकारण उनी कुनै कमी छोड़न चाहँदैनन्। मीराबाईले अहिले प्रशिक्षक विजय शर्मा र अमेरिकाका स्ट्रेन्थ एण्ड कण्डीशनिंग कोच डा. आरोन हार्शिंगको मार्गदर्शनमा कठोर मेहनत गरिरहेकी छन्। उल्लेखनीय छ, एशियाई खेलहरूले गर्दा नै मीराबाईले राष्ट्रमण्डल खेलहरू पछि घर फर्किएर आराम नगरेर सीधै मोदीनगर स्थित आफ्नो अभ्यास केन्द्रमा जाने फसेला गरिन्।









