एशियन गेम्समा स्वर्ण पदक जित्न चाहन्छिन् सविता पूनिया

IMG-20260106-WA0075

नयाँ दिल्ली: भारतीय महिला हकी टीमकी कप्तान तथा अनुभवी गोलकीपर सविता पूनियाको लक्ष्य यस साल हुने एशियन गेम्समा स्वर्ण पदक जित्ने रहेको छ। सविताको नजर एशियाडमा स्वर्ण जितेर २०२८-मा हुने लस एञ्जिलिस ओलम्पिकमा सीधै क्वालीफाई गर्नुमा रहेको छ। ओलम्पिकको निम्ति सीधै क्वालीफाई गर्ने सोच रहे पनि अहिले चाहिँ उनको पूरा ध्यान एशियन गेम्समा रहेको छ। एशियन गेम्समा ३ पल्टकी पदक विजेता तथा कमनवेल्थ गेम्समा काँस्य पदक जित्ने टीमकी हिस्सा रहेकी सविताले भनिन्, अब परिवारसँग अझ केही समय बिताउनु पर्ने मलाई लागिरहेको छ। सबैलाई कुनै न कुनै दिन रियाटर हुनु पर्नेछ तर म असल समयमा यो फसेला लिन चाहन्छु। एशियन गेम्स होस् या २०२८ लस एञ्जिलिस ओलम्पिक। ओलम्पिकको निम्ति त अहिले धेरै समय छ। यसैकारण म केही भन्न सक्दिन। मेरो पूरा फोकस एशियन गेम्समा रहेको छ। त्यसभन्दा अघिको कुरा म सोचिरहेकी छुइनँ। एशियन गेम्सपछि मात्र म सन्न्यासबारे फसेला गर्नेछु। हामीले त्यहीँबाट ओलम्पिकको निम्ति क्वालीफाई गर्न सके राम्रो हुनेछ। त्यस्तो भए हामीमाथि क्वालीफायरको दबाउ रहनेछैन। सविताले भनिन्, मेरो अघिल्लो लक्ष्य एशियन गेम्समा स्वर्ण पदक जित्ने रहेको छ। म सदा लक्ष्य लिएर अघि बढ़्छु अनि एक समयमा मेरो मस्तिष्कमा एउटै लक्ष्य हुन्छ। हाम्रो टीम निक्कै सक्षम छ अनि एकजना सीनियर खेलाड़ीको रूपमा म सदा खेलाड़ीहरूकी मनोबल बढ़ाउन चाहन्छु। वर्ल्ड कप क्वालीफायर पनि महत्त्वपूर्ण हुनेछ अनि त्यसपछि नेशन्स कप पनि रहेको छ। यो पूरा साल निक्कै महत्त्वपूर्ण रहनेछ।

About Author

Advertisement